Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आहा मेरो देश पनि…………….

Tuesday, April 10, 2018 National Power

आहा मेरो देश पनि बिकास हुँदै गैछ ।
काँडाघारी रत्नपार्क प्लेन उडान भैछ ।

देश बिकास देख्दा मख्ख थिए हजुर।
झलस्स झस्के त्यो त सपना पो रैछ हजुर ।।

नेपाल जान भनेर आंटेसी ।
रुन्छ मन कपाल काटेसी ।।

७ प्रदेश को एउटै मात्र एअरपोर्ट ।
 ट्राफिक को जाम छ ।।

तेहि पनि गौतम बुद्ध होइन त्याहा ।
 त्रिभुवनको नाम छ।।

जब गांऊ गांऊ मा किसान हराउदै गाछ ।
तब खेतमा कोदो मकै धान हराउदै गाछ।।

युवाहरु हरेक दिन घर छोडेर प्रदेशीदा ।
आफ्नै देशको स्वाभिमान हराउदै गाछ ।।

लागिन्छ परदेश ठुलो सपना बोकेर।
ती सारा तन्नेरी रहर हरु बन्धकी राखेर ।।

एकाध पूरा भए नि सपना धेरै तुहिन्छन।
फर्काइन्छन् कति देह बकासमा बन्द गरेर ।।

अरबिन्द्र गौतम / काभ्रे बनेपा