Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

पुरुष पनि डरपोक हुन्छन् र ?

Tuesday, April 3, 2018 National Power

२० चैत,काठमाण्डौ – सामान्यतः पुरुषार्थ पुरुषसँग नै जोडिएर आउने गर्छ । हाम्रो सामाजिक परम्पराले पुरुषलाई रुनु हुँदैन, डराउनु हुँदैन, मर्द बन्नुपर्छ भनेर निर्भयताको आदर्शका रूपमा प्रस्तुत हुन उत्प्रेरित गर्ने गरेको पाइन्छ । समाजमा डर केवल महिलाहरूसँग सम्बन्धित कुरा हो, डराउने पुरुष नामर्द हो भनेर डरको अंश महिलाहरूमा मात्र हुन्छ भन्ने किसिमको विचार स्थापित गरिआएको पाइन्छ । पुरुषहरूभित्र डरको कुनै नाता रहँदैन भन्ने आम सोचाइ देखिन्छ । यसमा लैंगिक दृष्टिको कुरा अर्कै होला, अहिले त्यतातिर नजाऔं ।

सत्य के हो भने पुरुषहरू पनि डरपोक हुन्छन् । उनीहरूको मनमा अनेकौं प्रकारका डर लुकेको हुन्छ । बाहिरी रूपमा जतिसुकै बहादुरी प्रदर्शित गरे पनि मनभित्र भने डरको घर हुन्छ । अझै प्रस्ट भन्नुपर्दा हरेक पुरुषको मनमा जीवनपर्यन्त एक बालक रहिरहेको हुन्छ जुन पटक(पटक डराउँछ । साथै कतिपय डर त्यसका पछि मात्र चल्दैन पुरुषहरूको जीवनका पाइला(पाइलामा साथ लाग्छ । यहाँ पुरुषहरूको डरका केही कारण उल्लेख गरिएको छ ।

नकार्लान् कि भन्ने डर

आफूलाई कसैले नकार्ने कुरा सम्झँदा पनि पुरुषहरू डराउँछन् । जीवनको जुनसुकै मोड वा सन्दर्भमा किन नहोस्, आफूलाई कसैले नकार्ला कि भन्ने डरले पुरुषलाई सदैव सताइरहन्छ । कसैले नकार्दा उनीहरूको अहंमा चोट पुग्छ । प्रेमिका वा साथीले नकारे भने त झन् के कुरा गर्नु । आफूले ज्यादै मन पराएकी युवतीलाई ठूलो अाँट गरेर प्रेमप्रस्ताव राख्यो, उसले भन्दिन्छे( तिमीजस्ता लुतेसँग के प्रेम गर्नु । अनि केटाहरूको निद हराम । युवकहरू भोक न निद्राले आकुल(व्याकुल भइहाल्छन् । आखिर आप्mनी स्वप्नसुन्दरीले नकार्लिन् कि भन्ने डरले किन पिछा छोड्थ्यो र । अनि कुन मुखले भन्नु, पुरुषहरूमा डरको कुनै अंश हुँदैन ।

पर्याप्त कमाउन सकिँदैन कि भन्ने डर

छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी । पैसा पर्याप्त हुनेसँग जो पनि नजिकिन खोज्छन् अनि त पैसा कमाउन खोज्नु स्वाभाविक भइहाल्यो । झन् हाम्रो समाजले त काम गर्नु र पर्याप्त पैसा कमाउनुलाई पुरुषको योग्यतासँग जोडेर हेर्छ । पढाइ जतिसुकै होस्, जतिसुकै ह्यान्ढसम होस्, कमाइ नभएका युवकलाई अयोग्य मानिन्छ । तसर्थ पढाइ पूरा गरिसक्दानसक्दै कमाउने काममा लाग्नुपर्ने दबाब पुरुषहरूमा हुन्छ । दुःख गरेर पढिसकेपछि पनि भनेजस्तो जागिर नपाइएला कि भन्ने डरले उनीहरूलाई सदैव सताइरहन्छ । त्यसमाथि छोरो मान्छेले कमाउनुपर्छ भन्ने धाराणा सानैदेखि पुरुषमाथि थोपरिएको हुन्छ त्यसैले आफू कमाइको मामिलामा अयोग्य साबित हुने त होइन भन्ने डरले पुरुषलाई कहिल्यै छोड्दैन ।

सामाजिक हैसियत उच्च बनाउन नसकिने डर

पर्याप्त बैंक ब्यालेन्स, शानदार महल, भनेजस्तो गाडी अनि परिवारका सदस्यको हरेक आवश्यकता पूरा गर्नका लागि गरिने दौडादौड । कतै आफू यी कुरा पूरा गर्नमा चिप्लिएर सामाजिक हैसियत गिर्ने त होइन भन्ने डरले प्रायः पुरुष पीडित हुन्छन् । एकातिर आधुनिक ऐसआरामपूर्ण जीवन बिताउन चाहने परिवारको हरेक आवश्यकता पूरा गर्नुपर्ने दायित्व अर्कातिर समाजमा अरूका अगाडि कम देखिन नहुने मानसिकताले जसरी पनि पैसा कमाउनुपर्ने दबाब दिइरहेको हुन्छ पुरुषलाई ।

एक्लो भइएला कि भन्ने डर

एक्लो रहनु कसैका लागि पनि सहज हुँदैन, झन् पुरुषका लागि त यो कुरो सुन्दैमा कहालीलाग्दो हुनसक्छ । यसबाट जोगिनकै लागि पुरुष हरेक समय आफूलाई प्रेम एवं साथसहयोग दिने जीवनसाथी खोज्छन् । जीवनसाथी पाएपछि बालबालिकाको चाहना गर्छन् । कामबाट र्फकंदा उनीहरूलाई देखेर सारा दुःख(पीडा भुल्नखोज्ने पुरुष एक्लोपनबाट जोगिन यी सारा प्रपञ्चमा फस्ने गर्छ । आफूलाई एक्लोपनबाट जोगाउने परिवार भताभुङ्ग होला अथवा आफूअनुकूल नहोला कि भन्ने डर पनि पुरुषहरूको मनमा सदैव रहिरहन्छ ।

साँचो प्रेमको चाहना

पुरुषहरू आफ्नी प्रेमिका वा पत्नीलाई अत्यधिक माया गर्छन् । उनका हरेक इच्छा जसरी पनि पूरा गर्ने ध्याउन्नमा सदैव लागिरहेका हुन्छन् आम पुरुष । उनीहरूको कान सदैव प्रेयसीले आफूलाई ‘म तिमीलाई सार्‍है माया गर्छु’ भनेको सुन्न चाहन्छ । उनीहरू आफूलाई श्रीमतीले मनैदेखि प्रगाढ माया गरून् भन्ने सोचेर नै साउदी, कतारको गर्मीसमेत झेल्न पुग्छन् । सम्बन्धको यस्तो गहिराइ प्राप्त गर्नकै लागि पुरुष जिउज्यान लगाएर कुदाकुद गर्छन् । आफूले यतिविधि गर्दागर्दै पनि प्रेयसी कतै टाप कस्ने पो हो कि, आफूलाई धोका हुने पो हो कि भन्ने डरले उनीहरूलाई सदैव सताइरहन्छ ।

असफलताको डर

पुरुष जीवनको हरेक मोडमा सफल हुन चाहन्छ । सफलतालाई जीत अनि असफलतालाई हारसँग जोड्ने उसको चाहना सदैव हार(जीतकै गणितमा अल्झिरहन्छ । जीवनमा सफलता प्राप्त होला कि नहोला रु सपना पूरा होला कि नहोला रु चाहना अधुरा रहने त होइनन् रु सफलताको नजिक पुगिसकेर पनि असफलता झेल्नुपर्ने त होइन रु जस्ता अनेकौं डर पुरुषहरूको मनमा दौडिरहन्छ । पैसाको सवाल होस् वा प्रेमको, कुनै पनि पुरुष असफल हुन चाहँदैनन् । त्यसैले उनीहरू सदैव असफल होइने हो भन्ने डरमा बाँचिरहन्छन् ।

बाहिरबाट जतिसुकै बलवान् तथा दृढ देखिए पनि पुरुषहरू आफूभित्र यस्ता अनेकौं डर पालेर बसिरहेका हुन्छन् जुन उनीहरूको मनको कुनासम्म पुगेर देख्न सकिन्छ । पुरुषहरू निडर हुन्छन् वा डरसँग पुरुषको कुनै साइनो रहँदैन भन्नु सामाजिक मान्यताले उब्जाएको भ्रान्तिसिवाय केही होइन । वास्तविकता के हो भने पुरुषहरू पनि महिलाजत्तिकै विभिन्न डर पालेर बसेका हुन्छन् । डरको सवालमा लिङ्गको कुनै भेद हुँदैन अर्थात् पुरुषहरू चाहिँ नडराउने महिलाहरू मात्र डराउने हुन्छन् भन्नु भ्रम मात्र हो । पुरुषहरू चाहिँ मानव होइनन् र , नडराउनलाई । डर त मानवीय स्वभाव हो नि । होइन र र ?

अनलाईनखबरबाट