Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काभ्रेमा स्थानीयको सुरक्षामा बस सञ्चालन

Monday, April 2, 2018 National Power

१९ चैत, काभ्रे – बनेपामा स्थानीयवासीको सुरक्षामा बस सञ्चालन भएका छन् । विभिन्न ११ वटा यातायात समितिले सिन्डिकेटको माग गर्दै सवारीसाधन सञ्चालनमा अवरोध गरेपछि स्थानीयले सुरक्षा दिएका हुन् । आइतबार घोषणा गरेअनुसार नै सिन्डिकेटको पक्षमा रहेका यातायात समितिले सोमबार मयुर यातायातका बसहरु सञ्चालनमा अबरोध गरेका थिए । तर, बस रोकिएकै ठाउँका स्थानीयवासी र यात्रुहरुले सुरक्षा दिएपछि सञ्चालनमा आएका छन् ।

बनेपाको जनागालमा यातायात समितिको अबरोधमा परेको बसलाई स्थानीयवासीले सुरक्षा दिएर गन्तव्यसम्म पुर्‍याइदिएका छन् । अबरोधपछि चालक र सहचालक बस छोडेर हिँडेका थिए र तर, यात्रु र स्थानीयको सहयोगपछि बस सञ्चालनमा आएको हो । काभ्रे प्रहरीले पनि सिन्डिकेट तोड्न भन्दै बस सञ्चालनमा अबरोध गर्न दिएको छैन । जिल्लाका ग्रामीण क्षेत्रमा पनि सिन्डिकेटको पक्षमा रहेका यातायात समितिले अबरोध गरेका छन् ।