Thursday 18th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

Tuesday, December 9, 2025 National Power

काठमाडौँ -चलचित्र विकास बोर्डले गत साताको नेपाली बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । मंसिर २० गते शनिबारसम्मको सार्वजनिक बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोड कमाई गरेको छ ।

परानले अहिलेसम्म १६ करोड ९७ लाख ९३ हजार ३५४ ग्रस कमाई गरेको छ । यस अवधिमा परानको टिकट ५ लाख ९८ हजार ३०९ वटा बिक्री भएको छ । त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड २६ लाख ६ हजार २४० ग्रस कमाई गरेको छ । जेरी अन टपको अहिलेसम्म ३ लाख ९० हजार ९०४ टिकट बिक्री भएको छ ।

त्यस्तै जारी–२ ले अहिलेसम्म ६ करोड २३ लाख ६९ हजार २०० ग्रस कमाई गरेको छ । जारी–२ को कुल २ लाख ७ हजार ७१४ टिकट बिक्री भएको छ । त्यस्तै फिल्म मन बिनाको धनले ३ करोड ७९ लाख २ हजार ८७९ ग्रस कमाई गरेको छ । फिल्मको मन एक लाख ४५ हजार ५९ टिकट बिक्री भएको छ । त्यस्तै यस साता रिलिज भएको फिल्म हर्षले २८ लाख २ हजार ३४६ कमाई गरेको छ । फिल्मको ८ हजार ४३६ मात्र टिकट बिक्री भएको छ ।