Wednesday 17th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

इनास नेपालको अध्यक्षमा लामिछाने

Wednesday, November 19, 2025 National Power

काठमाडौँ -अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन् ।

मंगलबार राजधानीमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ ।उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन् ।फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डे महासचिव र राजिन पनेरु सचिव पदमा निर्वाचित भए । कोषाध्यक्षमा चलचित्र वितरक रत्न श्रेष्ठ चुनिए ।

सदस्यहरूमा खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्वाचित भएका छन् । इनासको ग्लोबल सञ्चार प्रतिनिधि (जीसीआर) पदमा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् ।

इनास नेपाल शाखाका निवर्तमान अध्यक्ष एवम् एसिया संयोजक समेत रहेका गीतकार दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गरेका थिए ।

अध्यक्ष काफ्लेले संस्थाले विश्वव्यापी फैलिएको संस्थाको सञ्जालमार्फत नेपाली कला प्रवर्धनमा भूमिका निर्वाह गर्ने बताए । कला, साहित्य, संस्कृति, भाषा, खेलकुदजस्ता विधालाई समेटेर तिनको विकास र प्रवर्धनमा आफ्नो कार्यकालले त्यसका लागि पहल गर्ने जानकारी उनले जानकारी दिए ।