Friday 19th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

निर्माता संघको अध्यक्षमा उदय

Tuesday, November 18, 2025 National Power

काठमाडौं – चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९ औँ महाधिवेशनले सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा सुब्बाले प्रत्याशी सुनिलकुमार थापालाई पराजित गर्दै विजय भएका हुन् । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाएका थिए ।

महाधिवेशनले महासचिवमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए । ९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।

निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।