Thursday 19th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न

Sunday, November 16, 2025 National Power

काठमाडौँ – सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १९औँ वार्षिकोत्सव तथा पाँचौँ विशेष नागरिक अवार्ड एवं स्रष्टा सम्मान २०८२ प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले सामाजिक रुपान्तरणको क्षेत्रमा नागरिक समाजले १९ वर्षदेखि निरन्तर सक्रिय रहँदै सबै विधालाई समेटेर सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्दै आएको प्रशंसनीय भएको बताइन्। उनले सरकारले गर्नुपर्ने धेरै सामाजिक कुराहरू नागरिक समाजले प्रभावकारी रूपमा पूरा गर्न सकेको उल्लेख गर्दै संस्थाको योगदानको प्रशंसा गरिन्।

कार्यक्रम संस्थाका अध्यक्ष याम बहादुर जी.सी.को सभापतित्व र पनाह अधिकाऱीद्वारा सञ्चालन गरिएको थियो। कार्यक्रममा वरिष्ठ शिक्षाविद् प्रा. डा. चिरञ्जिवी शर्मा, माननीय सोमनाथ पाण्डे, वरिष्ठ व्यवसायी तथा समाजसेवी दीपक मलहोत्रा, वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, बीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. बद्री रिजाल, जनचेतना समाज परिवर्तन नेपालकी अध्यक्ष मुना निरौला त्रिपाठीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमकै दौरान संस्थाका सल्लाहकार डा. सुन्दर थापा, आनी भिमसुवा गुरुङ, मनोहरी कँडेल, डा. मनोरदिन सैयद, रामहरी सिलवाल, बाबुकाजी थापा, भवानी पौडेल, लक्ष्मण भण्डारी, याम श्रेष्ठलगायतको उपस्थितिमा समाज डेन्टल अस्पताल र नागरिक समाजबीच स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी कार्यसम्झौता पनि सम्पन्न गरिएको थियो। यस अवसरमा वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, वरिष्ठ विमान चालक क्याप्टेन विजय लामा, वरिष्ठ व्यवसायी तथा समाजसेवी दीपक मलहोत्रा, सामाजिक अभियन्ता तथा कलाकार कलावती श्रेष्ठ, वरिष्ठ पर्यटन व्यवसायी डा. धनञ्जय रेग्मीलाई विशेष व्यक्तित्व सम्मान प्रदान गरिएको थियो।

सामाजिक, सांस्कृतिक, शिक्षाक्षेत्र, सौन्दर्यकला, स्वास्थ्य, सञ्चार तथा अन्य विधामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरू-सोहन चौधरी, अमिर अधिकारी, चलचित्र निर्मात्री तथा सामाजिक अभियन्ता कल्पना के.सी., विनोद श्रेष्ठ, पुरुषोत्तम पन्त, टिकाराम तिवारी, गायिका सिर्जना के.सी., होमनाथ शर्मा, राम पन्त, सौन्दर्यविशेषज्ञ रिता राई, विनयजङ्ग बस्नेत, बिक्रम घिसिङ, याम नारायण मौली, डा. बद्री रिजाल, राज बस्न्यात, रामचन्द्र खड्का, कलाकार बासु फुयाँल, राजु कार्की, राधिका खड्का, लिना सुबेदी, तिलबहादुर कार्की, सुमिना श्रेष्ठ, लक्ष्मी थापा मगर, मिना थपलिया तथा ‘धिप्री फिल्म्स’ (अनिल कटवाल) लाई सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी राष्ट्रव्यापी प्रतिस्पर्धात्मक प्रतियोगिताका निर्णायक-मनोरदिन सैयद, अभिनेत्री तथा प्रिज्मा टेलिभिजनकी सञ्चालक पनाह अधिकारी, चलचित्र लेखक/निर्देशक रुशिल अमात्य, सञ्चारकर्मी शंकर रोक्का तथा टेलिचलचित्र निर्देशक दिवाकर भण्डारी “सापटे” लाई प्रशंसा–पत्र प्रदान गरियो।

राष्ट्रव्यापी रूपमा आयोजना गरिएको प्रतियोगिताका विजेताहरूलाई पर्यटन व्यवसाय होलिडे ट्रिप नेपाल ट्राभल्स एण्ड टुर तथा गोर्खाली रग्बी क्लबको विशिष्ट आतिथ्यमा अवार्ड प्रदान गरिएको थियो। पुरस्कार प्राप्तकर्ताहरूमा-रोहित कार्की (पर्यटन सेवा), बेञ्चमार्क हेयर एण्ड स्टुडियो, बिद्या श्रेष्ठ (सौन्दर्यकला), बिमला कोईराला (सौन्दर्यविद्), सञ्जित भण्डारी (चलचित्रअभिनेता), प्रकाश घिसिङ (म्युजिक भिडियो मोडल), संगीतकार सूर्य कश्यप, जयन्द्र चिलुवाल (अभिनेता/संगीतकार), निर्देशक राजेन्द्र बजगाईं, मिक्सिङ–मास्टरिङ विशेषज्ञ प्रकाश के.सी., टेलिभिजन कार्यक्रम प्रस्तोता सागरिका श्रेष्ठ, गायक भुवन बहादुर नेपाली “भुवन प्यासी”, म्युजिक भिडियो निर्देशक सुनिल बि.के. लगायतलाई लाइफ–अवार्ड प्रदान गरिएको थियो।