Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक 

Monday, November 10, 2025 National Power

काठमाडौं- डिजिटल युगको विकाससँगै गीत–संगीतको क्षेत्रमा नयाँ–नयाँ प्रतिभाहरु उदाउँदै आएका छन्। यही क्रममा पर्सा, बिरगञ्जका बिज्ञान स्याङ्गबोले आफ्नो नयाँ गीत ‘यो नयन’ सार्वजनिक गरेका छन्। गीतमा बिज्ञान स्याङ्गबो र अस्मिता अधिकारीको सुमधुर आवाज सुन्न सकिन्छ। यस गीतका शब्द र संगीत पनि स्वयं विज्ञान स्याङ्गबोकै हुन्। गीतको एरेन्ज, मिक्सिङ र माष्टरिङको जिम्मेवारी बाबु प्रधानले सम्हालेका छन्।

निर्मल कुमार लामाको निर्देशनमा बनेको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र अन्जु तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ। सुन्दरताले भरिएकी अन्जु तामाङको यो पहिलो डेब्यु म्युजिक भिडियो हो। हाल उनी स्नातक तेस्रो वर्षमा अध्ययनरत छन्। भक्तपुरकी अन्जुले सानैदेखि नै गीत–संगीत र अभिनयमा रुचि राख्दै आएकी बताएकी छिन्। यस भिडियोमार्फत उनले अभिनय क्षेत्रमा आफ्नो उज्ज्वल भविष्यको संकेत देखाएकी छिन्।

गीतको छायांकन पवन शुस्लिङले गरेका छन् भने मेकअप शुभास तिमिल्सिनाको रहेको छ। भिडियोको सम्पादन र कलर ग्रेडिङ पनि पवन शुस्लिङकै हातबाट गरिएको हो। ‘यो नयन’ गीतलाई बिज्ञान स्याङ्गबोको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। विज्ञानले यसअघि आफ्नो आवाजमा १० वटा गीत सार्वजनिक गरिसकेका छन् र करिब १५० भन्दा बढी गीतका शब्द लेखिसकेका छन्।