Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न

Saturday, November 8, 2025 National Power


काठमाडौँ– नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक कमल बि.के. ‘निर्मोही’ लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ द्वारा सम्मानित गरिएको छ । नेपाली गीत–संगीतमा उहाँले पु¥याउनु भएको दीर्घसाधना र उल्लेखनीय योगदानको कदर गर्दै नगद रु. ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित सम्मान प्रदान गरिएको हो । गायक निर्मोही पछिल्ला वर्षहरूमा मृगौला रोगबाट पीडित रहँदै पनि निरन्तर सांगीतिक सिर्जनामा सक्रिय रहनु भएकोछ । उहाँका ‘बुलबुल तालैमा’, ‘आऊँ त भने’, ‘मैले भन्थें नि’, ‘सलल बग्ने’, ‘ताने झैँ माया’, ‘अरू मैले’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’ जस्ता गीतहरू आज पनि श्रोतामाझ अत्यन्त लोकप्रिय छन् । साथै, उहाँ एक कुशल रेडियोकर्मी समेत हुनुहुन्छ ।

राजधानी काठमाडौंमा सम्पन्न भएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रममा सांगीतिक क्षेत्रका वरिष्ठ कलाकार, स्रष्टा, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पुरस्कारका संरक्षक गायक तथा संगीतकार कन्हैया सिंह परियारले पुरस्कारको मूल उद्देश्य नेपाली संगीतमा उल्लेखनीय योगदान पु¥याएका अग्रज स्रष्टा र कलाकारहरूलाई जीवनकालमै सम्मान गर्ने रहेको बताउनुभयो । उहाँका शब्दमा, “यो सम्मानले कलाकारको मनमा खुसी, जीवनमा उत्साह र सर्जनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।” त्यसैगरी कार्यक्रमका संयोजक किर्तिमान संगीतकार सन्तोष श्रेष्ठले कार्यक्रमको उदेश्य, उपादेयता र प्रभावकारिताको विषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी.ले ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ ले गीत संगीतमा आवद्ध कलाकारहरुलाई नगद राशी सहितको पुरस्कार प्रदान गर्नु प्रशंशनिय कार्य रहेको बताउँदै यस्ता सम्मान कार्यक्रमहरूले कलाकारहरूमा नयाँ उत्साह, ऊर्जा थप्ने काम गर्दछ भने कलाकर्मीहरूलाई निरन्तर सिर्जनशील रहन प्रेरणा दिने यस्ता कार्यक्रमहरू हरेक क्षेत्रबाट निरन्तर आयोजित हुनु आवश्यक रहेको बताउनु भयो ।” अध्यक्ष डि.सी.ले प्रवासमा रहेरपनि नेपाली गीत संगीतको विकासको लागी योगदान दिनु भएकोमा पुरस्कार समितिका संरक्षक कन्हैया सिंह परियार र अञ्जना गुरुङलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

एरा प्रोडक्सनको ब्यवस्थापनमा आयोजना भएको उक्त कार्यक्रमको सञ्चालन चर्चित रेडियोकर्मी हेम सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको सदस्य सचिव निर्देशक माधब खरेल हुनुहुन्थयो भने, कार्यक्रमको सभापतित्व टिका गोपाल एम्. क्रियशनकी अध्यक्ष गीता सिंहले गर्नुभएको थियो ।


“स्वरमाधुरी”को जादुमय एकल साङगीतिक प्रस्तुती
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ को विशेष अवसरमा ‘स्वरमाधुरी’ उपाधि प्राप्त वरिष्ठ गायिका अञ्जना गुरुङले आफ्ना केहि चर्चित गीतहरुलाई समावेश गरेर एकल सांस्कृतिक प्रस्तुति दिनुभयो । नेपाली संगीत क्षेत्रमा लामो योगदान दिँदै आएकी गुरुङले आफ्ना चर्चित गीतहरू “आँखीमा राख्छु मेरो देश, यस्तै हो माया मा, आँधी सरी तिम्रो माया, गङ्गारबे ढगुरुङ भाषाको गीत), जसले मुटु चुँडेर लग्यो, बदनाम भएँ म तिम्रैक कारणले, एटम बम, म त काली सुन्दरी, ठ्याक्कै भेटौला र माईली रोधी घरमा” प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाउनु भयो । उक्त एकल साङ्गीतिक प्रस्तुतीमा युगल गायन (ठ्याक्कै भेटौला)मा भने गायक तथा संगीतकार कन्हैया सिंह परियारले गायिका गुरुङलाई साथ दिनु भएको थियो ।

उहाँको मधुरस्वर र सजीव प्रस्तुतीले कार्यक्रमस्थलमा पुरानो नेपाली संगीतको सुवास फैलिएको थियो । साथै, राष्ट्रिय गीत तथा रोदी शैलीका आकर्षक नृत्य प्रस्तुतीहरूले पनि कार्यक्रममा थप रौनकता भरेका थिए । कार्यक्रमको कोरियोग्राफर भने नृत्य निर्देशन जोगेन्द्र के.सी. ले गर्नु भएको थियो ।