Sunday 12th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन अन्तरर्क्रिया तथा परिसम्बाद सम्पन्न

Monday, September 8, 2025 National Power

काठमाडौँ– नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसअन्तर्गत दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको हलमा अन्तरक्रिया तथा परिसंवाद सम्पन्न भयो।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित महानायक राजेश हमाल ले आफ्नो ३६ वर्ष लामो निरन्तर यात्राको अनुभव साझा गर्दै, दर्शकको सोच र समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्ने विचार व्यक्त गरे। उनले हरेक दशकमा दर्शकको मनोवृत्तिमा परिवर्तन आउने उल्लेख गर्दै, अहिले विश्वव्यापी प्रविधिक क्रान्तिले चलचित्र उद्योगमा नयाँ चुनौती र अवसर दुवै सिर्जना गरेको बताए।आमजनमानसको दृस्टि परेको कुनैपनी कृयासिल ब्यक्ती दृस्टीमा रहन्छ तर आम जनमानिसको मनमा बसेको ब्यक्ति सधै जिबन्त रहन्छ भनी लोकपृयता को बारेमा हमालले परिभाषा दिनुभयो।

त्यसैगरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डका हालका योजना र कार्यसमिक्षा प्रस्तुत गर्दै नेपाली चलचित्रलाई बचाउन र रोजगारी सिर्जना गर्न हमालले खेलेको भूमिकाको प्रशंसा गरे। उनले हमाललाई “महानायक” भन्नेमा कुनै दुईमत नरहेको उल्लेख गर्दै भने, “उनले निर्देशक, निर्माता, कलाकार वा प्राविधिक को भन्ने नसोची लगातार काम गरे, जसले गर्दा धेरै कलाकार तथा प्राविधिकले रोजगारी पाए र संकटको घडीमा समेत चलचित्र क्षेत्रलाई जोगाउन मद्दत भयो।”

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष एवं विशिष्ट कलाकार मोहन निरौलाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। निरौलाले चलचित्र क्षेत्रमा लैङिक समानता, पारिश्रमिक विभेद, हिंसा ,चलचित्रमा बिदेशी लगानी, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बिस्तार ,केहि चलचित्रले शो नपाएकोकुराहरू लगायत नेपाली चलचित्र र पेशाकर्मिको हिजो आज र भोलिको अवस्था बारे वक्ताहरुलाइ जिज्ञासा राखेका थिए । चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले चलचित्र चलिरहेको बेला कलाकारको बोली र व्यवहारले दर्शकमा पर्ने प्रभावबारे सचेत हुनुपर्नेमा जोड दिए। विश्लेषक एवं निर्देशक डा। घनश्याम खतिवडाले चलचित्रमा भाषाको महत्वबारे विचार व्यक्त गरे।

नायिका अन्जना बराईलीले चलचित्र क्षेत्रमा प्रवेश गर्दा आफूले कुनै पनि प्रकारको ह्यारेस्मेन्ट नभोगेको अनुभव सुनाउँदै नयाँ महिला कलाकारलाई “डराउनुपर्ने कारण छैन, आत्मविश्वासका साथ अघि बढ्नुपर्छ” भन्ने सन्देश दिइन्।

कार्यक्रम गोपाल ढकाल ‘छन्दे’८ले सञ्चालन गरेका थिए भने संयोजकमा नायक सबिन श्रेष्ठ, व्यवस्थापकमा निर्देशक देवेन्द्र पाण्डे थिए भने अध्यक्ष निरौलाले संघ सधैं चलचित्र क्षेत्रको विकासमा सहकार्यका लागि तत्पर रहने प्रतिवद्धता व्यक्त गरे।

चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको यस कार्यक्रममा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द लगायत चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो। यसअघि, स्थापना दिवसको पहिलो दिन रबिन्द्र खड्काको संयोजकत्वोमा राजधानीको भण्डारखालमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो भने स्थापना दिवसको तेस्रो दिन भाद्र २३ गते शिबहरी बैरागी नेपालको सम्योजकत्वमा जीवन बिज्ञान प्रतिस्ठानमा सम्पन्न भयो। योग र ध्यान कार्यक्रमको सहजताका लागि सुनिल कटुवाल,गोपाल ढकाल र रोशन श्रेष्ठको सक्रियता रहेको थियो ।