Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

फेशन र ग्ल्यामरको संगम: ‘ग्ल्यामर रनवे मोडेल्स २०२५’ भव्य रूपमा सम्पन्न

Sunday, August 24, 2025 National Power

काठमाडौं – राजधानीको द प्लाजा मा आयोजित ‘ग्ल्यामर रनवे मोडेल्स २०२५’ को ग्रान्ड फिनाले भव्यताका साथ सम्पन्न भएको छ। नेपाली मोडलिङ क्षेत्रमा प्रतिष्ठित मानिने यस प्रतियोगितामा महिला विजेताको ताज कञ्चन नेपालीले जित्न सफल भइन् भने फर्स्ट रनर–अप रितु तामाङ र सेकेन्ड रनर–अप मानसी केसी बने। यस्तै, अर्गनाइजर’स च्वाइसको उपाधि हिरा आचार्यले हात पारे। पुरुषतर्फ बिभेद पौडेल विजेता घोषित भए भने भ्यूअर्स च्वाइसको अवार्ड आर्य भट्टचनले जिते।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन रहेका थिए भने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा गायक अनन्द कार्की, चलचित्र निर्देशक माधव राज खरेल, अभिनेता प्रमोद अग्रहरी, मोडल मुस्कान ढकाल, कलाकार बिमल अधिकारी, डा. नविन शाह, बिनोद ढकाल लगायत नेपाली कला, संस्कृति र मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय थियो।

विजेताहरूप्रति आयोजकहरूले हार्दिक बधाई व्यक्त गर्दै सम्पूर्ण सहभागी, प्रायोजक, सहयोगी तथा उपस्थित अतिथिहरूप्रति विशेष धन्यवाद दिएका छन्।