Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘सुन परानी’ गीतको भिडियो सार्वजनिक

Sunday, August 17, 2025 National Power

काठमाडौं- तीजको अवसर पारेर ब्राण्ड यू पिक्चर्सको प्रस्तुतिमा उत्सव केसी निर्देशित ‘सुन परानी’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।

टिका पुन र योगेन्द्र ल्वागुनको स्वर र यज्ञ बिकको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा उत्तम केसी नेपाल र विनिता भण्डारीको अभिनय देख्न सकिन्छ ।

ओजन स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु सुनामको एरेञ्ज, विनोद परियारको मिक्सिङ छ भने रोजिट महर्जनले रेकर्डिङ गर्नुभएको हो । भिडियोको छायांकन र सम्पादन ज्ञानकुमार कटेलले गर्नुभएको हो ।

भिडियोको व्यवस्थापनमा किरण केसी, दुर्गा केसी, दुर्गा भण्डारी र योगेन्द्र ल्वागुन रहनुभएको छ । निर्माता पनि उहाँहरू नै हुनुहुन्छ ।

तीजलाई लक्षित गरी सार्वजनिक गरिएको ‘सुन परानी’ गीतको भिडियो चुईचुई पारेर टिभीको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।