Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

‘सुन परानी’ गीतको भिडियो सार्वजनिक

Sunday, August 17, 2025 National Power

काठमाडौं- तीजको अवसर पारेर ब्राण्ड यू पिक्चर्सको प्रस्तुतिमा उत्सव केसी निर्देशित ‘सुन परानी’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।

टिका पुन र योगेन्द्र ल्वागुनको स्वर र यज्ञ बिकको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा उत्तम केसी नेपाल र विनिता भण्डारीको अभिनय देख्न सकिन्छ ।

ओजन स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु सुनामको एरेञ्ज, विनोद परियारको मिक्सिङ छ भने रोजिट महर्जनले रेकर्डिङ गर्नुभएको हो । भिडियोको छायांकन र सम्पादन ज्ञानकुमार कटेलले गर्नुभएको हो ।

भिडियोको व्यवस्थापनमा किरण केसी, दुर्गा केसी, दुर्गा भण्डारी र योगेन्द्र ल्वागुन रहनुभएको छ । निर्माता पनि उहाँहरू नै हुनुहुन्छ ।

तीजलाई लक्षित गरी सार्वजनिक गरिएको ‘सुन परानी’ गीतको भिडियो चुईचुई पारेर टिभीको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।