Sunday 12th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

बोर्ड र जाँचपास समितिका नवनियुक्त सदस्यहरूलाई निर्देशक समाजद्वारा सम्मान

Wednesday, August 13, 2025 National Power

काठमाण्डौ – नेपाल चलचित्र निर्देशक समाजले नवनियुक्त हुनुभएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रिय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई बधाई तथा सम्मान प्रदान गरेको छ । मंगलबार अनामनगरमा एक कार्यक्रमबीच समाजले बधाई तथा सम्मान प्रदान गरेको हो । समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, वीरेन्द्रप्रसाद भट्ट, गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर गिरी र भीमा मैनालीलाई सम्मान गरिएको हो ।

नेपाल चलचित्र निर्देशक समाजका सचिव देवेन्द्र पाण्डेको सहजिकरणमा भएको कार्यक्रमलाई समाजका अध्यक्ष जनकदिप पराजुलीले स्वगत मन्तव्य दिनुभएको थियो भने सम्मानित प्रतिनिधिहरूको तर्फबाट चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, गणेश सुवेदी र जाँचपास समितिका सदस्य कुवेर गिरीले मन्तव्य दिनुभएको थियो । बोर्डका पुर्व अध्यक्ष तथा निर्देशक समाजका प्रमुख सल्लाहकार राजकुमार राईले बोर्डको हालको नेतृत्व सराहनीय भए पनि अझै चलचित्रकर्मीहरू र चलचित्र उद्योगको हितमा थप काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । चलचित्र विकास बोर्डले वि।सं। २०२६ को ऐन विस्थापन गरी नयाँ ऐन लागू गर्ने प्रक्रियामा अगाडि बढेकोमा शुभकामना तथा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

तत्कालिन कार्यबाहक अध्यक्ष रहेका वरिष्ठ उपाध्याक्ष सुभाष प्रसाद गजुरेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, वरिष्ठ रंगपत्रकार शान्तिप्रिय, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । माधवराज खरेलले संचालन गरेको उक्त कार्यक्रम निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।