Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

वरिष्ठ अभिनेता राजेश हमाललाई चलचित्र कलाकार संघको मानार्थ सदस्यता

Sunday, August 3, 2025 National Power

काठमाडौँ –  चलचित्र कलाकार संघले नेपाली चलचित्रका वरिष्ठ अभिनेता राजेश हमाललाई मानार्थ सदस्यता प्रदान गरेको छ। संघका अध्यक्ष मोहन निरौलाले एक विशेष समारोहमा हमाललाई सदस्यता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

यसअघि साधारण सदस्य रहेका हमाललाई नेपाली चलचित्रको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदान, समर्पण र साधनाको कदरस्वरूप विशिष्ट मानार्थ सदस्यता प्रदान गरिएको अध्यक्ष निरौलाले जानकारी दिए।

सदस्यता हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, महासचिव सविन श्रेष्ठ, तथा निर्देशक समाजका सचिव देवेन्द्र पाण्डेको उपस्थिति थियो।

सदस्यता ग्रहण गर्दै हमालले चलचित्र कलाकार संघलाई धन्यवाद व्यक्त गर्दै यसलाई आफ्नो लागि ठूलो सम्मानको रूपमा लिएका बताए। संघले अहिलेसम्म ४० जनालाई मानार्थ सदस्यता प्रदान गरिसकेको छ, जसमा अभिनेत्री मनिषा कोइराला पनि शामिल छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त, विशिष्ट र लब्धप्रतिष्ठित व्यक्तित्वलाई मानार्थ सदस्यता प्रदान गर्ने मापदण्ड रहेको संघले जनाएको छ। संघको स्थापना दिवसको अवसरमा भदौ २१ देखि २३ गतेसम्म विविध कार्यक्रम आयोजना गरिने पनि संघले जानकारी दिएको छ।