Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चलचित्र शिवांशको छायाँकन सम्पन्न

Tuesday, July 29, 2025 National Power

काठमाण्डौ- नायक तेज गिरी र नायिका बिमला लिम्बुको अभिनय रहेको गित “उकुस मुकुस”को छायाँकन संगै नेपाली कथानक चलचित्र “शिवांशःच्यापटर १” को सम्पूर्ण छायाँकन सम्पन्न भएको छ । पोखराको पामेबाट ३६ औं दिनमा छायाँकन सम्पन्न भएको हो । चलचित्रको १ गितको छायाँकन मात्र काठमाण्डौमा भएको थियो भने अन्य सम्पूर्ण छायाँकन पोखराकै पेरिफेरिमा भएको थियो ।

गितको कोरियोग्राफी बिक्रम चौहानले गरेका हुन । अन्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरबाट निमार्ण भएको चलचित्रका निर्माता अन्जन केसी हुन र कथा पनि उनैले लेखेका हुन् भने सह निर्माता शोभा केसी र अनिशा केसी बोगटी हुन । चलचित्रलाई निर्देशक सन्तोष आत्रेयले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । यस चलचित्रमा तेज र बिमला सहित प्रबिण खतिवडा,रुशा न्यौपाने,विकास जोशी को मुख्य मुमिका रहेको छ । चलचित्रमा न्ह्यु बज्राचार्य र राजनराज शिवाकोटीको संगित रहनेछ ।

गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतिक छन् । स्वर राजनराज शिवाकोटी,मिलन नेवार र समिक्षा अधिकारीको रहनेछ । चलचित्रमा द्धन्द निर्देशन मिलन श्रेष्ठले गरेका हुन भने सिनेमाटोग्रफी सरद महतोले गरेका हुन् । चलचित्र आउँदो असोज २४ मा देशभर प्रदर्शनमा आउनेछ । यस अघि लभर ब्वईका रुपमा देखिएका तेज यो चलचित्रबाट एक्सन अबतारमा देखिएका छन् ।