Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

चलचित्र शिवांशको छायाँकन सम्पन्न

Tuesday, July 29, 2025 National Power

काठमाण्डौ- नायक तेज गिरी र नायिका बिमला लिम्बुको अभिनय रहेको गित “उकुस मुकुस”को छायाँकन संगै नेपाली कथानक चलचित्र “शिवांशःच्यापटर १” को सम्पूर्ण छायाँकन सम्पन्न भएको छ । पोखराको पामेबाट ३६ औं दिनमा छायाँकन सम्पन्न भएको हो । चलचित्रको १ गितको छायाँकन मात्र काठमाण्डौमा भएको थियो भने अन्य सम्पूर्ण छायाँकन पोखराकै पेरिफेरिमा भएको थियो ।

गितको कोरियोग्राफी बिक्रम चौहानले गरेका हुन । अन्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरबाट निमार्ण भएको चलचित्रका निर्माता अन्जन केसी हुन र कथा पनि उनैले लेखेका हुन् भने सह निर्माता शोभा केसी र अनिशा केसी बोगटी हुन । चलचित्रलाई निर्देशक सन्तोष आत्रेयले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । यस चलचित्रमा तेज र बिमला सहित प्रबिण खतिवडा,रुशा न्यौपाने,विकास जोशी को मुख्य मुमिका रहेको छ । चलचित्रमा न्ह्यु बज्राचार्य र राजनराज शिवाकोटीको संगित रहनेछ ।

गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतिक छन् । स्वर राजनराज शिवाकोटी,मिलन नेवार र समिक्षा अधिकारीको रहनेछ । चलचित्रमा द्धन्द निर्देशन मिलन श्रेष्ठले गरेका हुन भने सिनेमाटोग्रफी सरद महतोले गरेका हुन् । चलचित्र आउँदो असोज २४ मा देशभर प्रदर्शनमा आउनेछ । यस अघि लभर ब्वईका रुपमा देखिएका तेज यो चलचित्रबाट एक्सन अबतारमा देखिएका छन् ।