Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

तीज म्यूजिक अवार्डको तयारी सुरु

Friday, July 25, 2025 National Power

काठमाडौं –  छायाँछवि क्रियशनले विगत १२ वर्षदेखि गर्दै आएको सांस्कृतिक पर्व तीजमा आधारित रहेर आयोजना गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२औै संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरेको छ । नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ ।

पहिले पहिले खासगरी घरबाट पीडित बुहारीहरुको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तन सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ ।

यहि क्रमका गीतहरु गाउँघरका जमघटबाट अझै पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा सयौं गीत प्रकाशित हुने गरेका छन् । यहि तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमका अभ्यक्ष शान्तिप्रियले बताएका छन् ।

छायाँछविका अध्यक्ष शान्तिप्रियले १२औं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न २५ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । कार्यक्रममा बिभिन्न सम्मान एवं पुरस्कार पनि प्रदान गरीने वताए ।

१२औ छायाँछवि तीज म्यूजिक अवार्डको लागी साउन महिनाभर छायाँछवि को कार्यालय डिल्लीबजार अथवा इमेल मार्फत पनि गीत दर्ता गर्न सकिनेछ ।