Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चलचित्र ‘ताराहरू’को दोस्रो गीत “ऐया नि हो सार्वजनिक

Friday, July 25, 2025 National Power

काठमाडौँ – आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ को ‘ऐया नि हो’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। फिल्म निर्माण टिमले बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरेको हाे। गीत सलिना बिकेले गाएकी छन्। गीतमा समावेश नेवारी भाषाको र्यापमा कुन्दन शाक्यको स्वर छ। पीडा व्यक्त गरिएको गीतको भिडियोमा फिल्मका कलाकार मेनुका प्रधान, आशान्त शर्मा आफ्नै पिडा र मनोदशासँग जुधिरहेजस्तो देख्न सकिन्छ। यसअघि ‘जाम त भने कुन बाटो जाम त?’ बोलको पहिलो गीत र टिजर सार्वजनिक भइसकेको छ।

फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ। फिल्मले निम्न मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामना गर्नुपर्छ भन्ने देखाउन खोजिएको छ। फिल्ममा निर्देशक शर्मासहित मेनुका प्रधान, आभास अधिकारी, मिरा खड्का, कुन्दन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ। वेज प्रा.लि.प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्।

सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्। सरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्समा बनेको छ। परिवारसँग बसेर सहज रूपमा हेर्न र सुन्न सकिने गीत र भिडियो दुर्लभ बन्दै गइरहेका बेला, चलचित्र ‘ताराहरू’ ले आफ्ना सस्तो भडकिलोपन, अश्लीलता, र दुइअर्थीपनविना पनि दर्शकलाई बाँध्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएको छ।

पहिलो गीत “जाम त भने कुन बाटो जाम त?” मार्फत दर्शकको मन जित्न सफल यस टिमले अब दोस्रो गीत “ऐया नि हो!” सार्वजनिक गरेको छ। शब्द सुन्दा नै एक किसिमको पीडादायी अनुभूति गराउने यो गीत निर्देशक आशान्त शर्मा द्वारा निर्देशित चलचित्र ‘ताराहरू’को दोस्रो प्रस्तुति हो। बुढासुब्बा डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको उक्त गीतमा सलिना बि.के. को स्वर र कुन्दुन शाक्य को नेवारी भाषामा गरिएको र्याप फिचर गरिएको छ।

भिडियोमा मेनुका प्रधान गम्भीर मुद्रामा आफ्ना ब्याण्डमेम्बरहरूका बीचमा गीत गाइरहेकी देखिन्छिन् भने आशान्त शर्मा साइकल डोर्याउँदै आफ्नो भित्री पीडा र मनोदशासँग संघर्ष गरिरहेका देखिन्छन्। गीत गजलको संरचनामा लेखिए पनि सेलो भाकामा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई सांगीतिक विविधताको स्वाद दिन्छ। चलचित्र ‘ताराहरू’ आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। यसका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन् भने सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा, तथा युगविजय पंगेनी शर्मा रहेका छन्।

सरद महतो को छायांकन, विनोद पाण्डे को सम्पादन, अविनाश नापित को VFX, र द टिफोक्स फिल्म्स को डिष्ट्रिब्युशन रहेको यस चलचित्रमा मेनुका प्रधान, आभाश अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङ लगायतको अभिनय रहेको छ। चलचित्र वेज प्रा.लि. द्वारा प्रस्तुत गरिएको हो।