Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चलचित्र विकास बोर्डको२५औं वार्षिकोत्सवको अवसरमा, रियल टाइम बक्स अफिस एप’को उद्घाटन

Tuesday, July 1, 2025 National Power

काठमाडौं- नेपाल सरकारले अब हरेक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र विकास बोर्डको सिफारिशमा असोज १ गतेबाट मिति परिवर्तन गर्दै असोज १५ गते चलचित्र दिवस मनाउने निर्णय गरेको हो । सोमबार बोर्डको २५औं वार्षिकोत्सवको अवसरमा उक्त निर्णयको औपचारिक घोषणा गरिएको हो ।

सोही अवसरमा चलचित्र विकास बोर्डले विगत २५ वर्षमा नेपालमा सर्वाधिक व्यापार गरेका २५ वटा नेपाली चलचित्रका निर्मातालाई सम्मान गरेको छ । बोर्डमा आयोजित विशेष समारोहमा पाँच करोड रुपैयाँभन्दा बढी व्यापार गर्ने चलचित्रका निर्माता तथा निर्माण पक्षलाई कदर गरिएको हो ।

बोर्डका अनुसार हालसम्म नेपालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ हो, जसले ४६ करोड ८७ लाख रुपैयाँ व्यापार गरेको छ । दोस्रो स्थानमा ‘कबड्डी-४’ (२१ करोड ४० लाख रुपैयाँ ) तेस्रोमा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख रुपैयाँ) र चौथोमा ‘छक्का पञ्जा-४’ (१७ करोड ५३ लाख रुपैयाँ छन् ।

यस्तै, ‘जारी’ १७ करोड ४८ लाख, ‘छक्का पञ्जा’ १६ करोड १० लाख, ‘महाजात्रा’ १५ करोड ६७ लाख, ‘छक्का पञ्जा-५’ १५ करोड २० लाख, ‘कोहिनुर’ १४ करोड ७५ लाख, ‘छक्का पञ्जा २’ १४ करोड ५१ लाख, ‘शत्रु गते’ १२ करोड ६५ लाख, ‘ऊनको स्वीटर’ १० करोड ६२ लाख, ‘कबड्डी २’ १० करोड ३५ लाख, ‘बोक्सीको घर’ १० करोड १० लाख, ‘छ माया छपक्कै’ नौ करोड ९२ लाख, ‘दिमाग खराब’ आठ करोड ९८ लाख, ‘अञ्जिला’ आठ करोड ८३ लाख, ‘परदेशी २’ सात करोड ९२ लाख, ‘छक्का पञ्जा-३’ सात करोड ८३ लाख, ‘प्रेम गीत-३’ सात करोड ६३ लाख, ‘कबड्डी कबड्डी कबड्डी’ सात करोड ५९ लाख, ‘पुजार सार्की’ सात करोड ३८ लाख, ‘महापुरुष’ सात करोड ३५ लाख, ‘कबड्डी’ सात करोड ३४ लाख र ‘पशुपति प्रसाद २-भष्मे डन’ सात करोड ३२ लाख रुपैयाँ रहेको छ ।

चलचित्र विकास बोर्डले नेपाली फिल्म उद्योगमा योगदान गर्ने स्रष्टाहरूको सम्मान गर्दै आगामी दिनमा व्यावसायिक तथा सिर्जनात्मक गुणस्तरमा आधारित चलचित्र निर्माणको वातावरण निर्माण गर्ने बताएको छ । सो अवसरमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले रियल टाइम बक्स अफिस एपको उद्घाटन गर्नुभएको थियो । मन्त्री गुरुङले बोर्डबाट प्रदान गरिने ३३ सेवा अनलाइनबाट दिइने घोषणा गर्दै यसको सुरुवात गर्नुभएको हो । नेपालभरका १६६ सिनेमा हलको सो संख्या र विवरण सो एपमा हेर्न सकिनेछ । उक्त एपको नाम बक्स अफिस-२ सिनेमा राखिएको छ ।