Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

Tuesday, May 6, 2025 National Power

काठमाडौं — पछिल्लो समय नेपाली मोडलिङ र नृत्य क्षेत्रमा चर्चामा रहेकी २१ वर्षीया श्री स्वस्थानी तामाङ छोटो समयमा दर्शकको मन जित्न सफल भएकी छन्। सानैदेखि नृत्यप्रति रुचि राख्ने उनी १५ वर्षको उमेरदेखि नै काममा लागेकी हुन्। जेठी छोरीको रूपमा पारिवारिक जिम्मेवारी बोकेर अघि बढेकी उनले कमजोर आर्थिक अवस्थाका बीच पनि नछाडिएको संघर्ष आज प्रेरणा बनेको छ।

स्कुल प्रिन्सिपल घनेन्द्र भट्टराईको प्रेरणाले उनी रियालिटी शोमा सहभागी भइन्। अभिनेत्री मिथिला शर्मा र महेश गोदारको बाटो पछ्याउँदै ‘प्रतिभाको आँगन’ मा उत्कृष्ट नृत्य प्रस्तुति दिँदै प्रथम श्रेणीको उपाधि जितिन्। त्यसपछि ‘एसी डान्स च्याम्पियन’ मा छात्रवृत्ति पाई कक्षा ११ देखि स्नातकसम्मको अध्ययनलाई निरन्तरता दिइरहेकी छन्। हाल उनी डान्स टिचरको रूपमा काठमाडौंका विभिन्न विद्यालयहरूमा अध्यापन गरिरहेकी छन्। उनी कराते ब्राउन बेल्टको खेलाडीसमेत हुन्। विभिन्न महोत्सव, कर्पोरेट कार्यक्रम र अवार्ड कार्यक्रममा नृत्य प्रस्तुत गर्दै देशभर सक्रिय छिन्। स्वस्थानी अभिनयमा पनि रुचि राख्छिन् र विभिन्न थिएटर कार्यशालाबाट अभिनय ज्ञान हासिल गरिरहेकी छन्। नेपाली चलचित्र क्षेत्रमा भविष्य बनाउने सपना बोकेकी उनी भन्छिन्, “सङ्घर्ष नै मेरो मूलमन्त्र हो, म आफ्नो जीवन कला क्षेत्रमा समर्पित गर्न चाहन्छु।”उनीसँग गरिएको अन्तर्वार्ताको छोटो अंश:

हाल तपाईँ केमा व्यस्त हुनुहुन्छ?

आजभोलि म केही स्कुलहरूमा डान्स टिचरको रुपमा काम गर्छुl नियमित डान्स प्राक्टिस, साथै विभिन्न कर्पोरेट इभेन्ट, महोत्सव साथै अवार्ड कार्यक्रममा व्यस्त छु।

अभिनय सिक्नु कतिको आवश्यक छ ?

जीवनमा अगाडि बढ्नको लागि शिक्षा निकै महत्वपूर्ण भूमिका हुन्छ l कुनै पनि क्षेत्रमा सफलता हासिल गर्नको लागि ज्ञानको आवश्यकता हुनु निकै नै जरुरत छ। यदि कोही व्यक्ति म कलाकार बन्छु भने लाई अभिनयको ज्ञान हुनु आवश्यक छ। जीवनमा सिकेका कुराहरू कहिले पनि खेर जाँदैन। अहिले अभिनय सिक्नको लागि थ्रेटरहरू , फिल्म कलेजहरू , धेरै नै छन् l डाक्टर पढ्न विज्ञानको आवश्यकता छ भने जस्तै कोही व्यक्ति कलाकार बन्न चाहन्छन् भने अभिनय सिक्न निकै नै आवश्यक रहन्छ।

कला क्षेत्रमा आफ्नो भविष्य कस्तो देख्नुभएको छ ?

विद्यार्थी जीवनदेखि नै आफू स्कुलको नृत्य प्रतियोगितामा प्रथम हुन्थे। सानैदेखि डान्स भन्ने बित्तिकै हुरुक्क हुन्थे म। मेरा गुरुवर्गहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आज यो स्थानमा पुग्नको लागि उहाँहरुको धेरै नै मेहनत छ म माथि l आफूलाई अब्बल बनाउनको लागि दिनरात मेहनत गर्दैछु। उनी भन्छिन् – कला क्षेत्रमा आफ्नो भविष्य सुखद देख्छु।

तपाईं कस्तो डान्स गर्न रुचाउन चाहनुहुन्छ ?

एउटा कलाकार भएपछि सबै प्रकारका नृत्यको ज्ञान हुनु आवश्यक छ। कल्चर डान्स, कन्टेम्पोररी डान्स, बलिउड डान्स, सबै फर्मका डान्सहरूको ज्ञान हुन आवश्यक छ। उनी भन्छिन्- म आफू भर्सटाइल डान्सरको रुपमा चिनाउन चाहन्छु।

कला क्षेत्रमा भविष्य छैन भन्नेलाई के भन्न चाहनुहुन्छ ?

कला क्षेत्रमा लाग्नको लागि सर्वप्रथम धैर्यता , मेहनत र अनुशासित हुनु निकै आवश्यक छ। अहिले हरेक क्षेत्रमा भविष्य देख्न सकिन्छ। समय लाग्न सक्छ तर मेहनतले त्यो गन्तव्य अवश्य नै पुर्याउँछ l सफल भएन भने निराश हुनु पर्दैन। आफ्नो निरन्तर प्रयास जारी राख्न आवश्यक छ l आज कला क्षेत्रबाट नै धेरै कलाकारहरूले घर ,जग्गा, गाडी , बैंक ब्यालेन्स जोड्न सफल भएका छन्। कला क्षेत्रमा कसरी भविष्य छैन भन्न सक्छौ त ? जीवनमा हार कहिले खानुहुन्न र प्रयास गरिरहनुपर्छ। सफलता तपाईँको आफ्नो वरिपरि नै हिँडिरहेको हुन्छ। भविष्य खोज्ने होइन भविष्य बनाउने हो?

नेपाली चलचित्र क्षेत्रमा आउने सोच के छ तपाईंको ?

सानै उमेरदेखि नै कलाकार बन्ने सोच भएको कारणले आफूलाई राम्रोसँग तयार गरेर यस क्षेत्रमा आउन चाहेकी थिएँ l मलाई नेपाली चलचित्र निकै नै मनपर्छ। म आफ्नो कला र क्षमताले अगाडि बढ्न चाहन्छु। म पूर्ण रूपले तयार छु। राम्रो स्क्रिप्ट र राम्रो टिम पायो भने अवश्य नै चलचित्र खेल्ने छु l

अन्त्यमा युवा वर्गहरूलाई के भन्न चाहनुहुन्छ ?

मान्छेको जीवन कहाँ गरेर टुङ्गिन्छ त्यो थाहा हुँदैन। जीवनलाई अविस्मरणीय बनाउनको लागि सधैँ खुसी रहनुपर्छ। सफल भएन भनेर हरेश कहिले खानु हुँदैन l मेहनतको फल अवश्य नै आउँछ। जीवन एउटा चक्र हो। जीवनमा आइपरेका हरेक अप्ठ्याराहरूलाई सहज रूपले स्वीकार्नु आवश्यक छ l हामी हाम्रो आदि जीवन सुतेर नै बिताउँछौँ। समय बलवान छ। समयको सही सदुपयोग गरौं। मानव चोलालाई सार्थक बनाउन आवश्यक छ। समय कहिले फर्केर आउँदैन , यो हाम्रो बसमा छैन। आफूभित्र भएका प्रतिभालाई उजागर गरौँ l आफूलाई मनलागेको काम गरौं l कसैको दबाब वा प्रभावमा नपरौं l