Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

२५ औं वर्षगाँठमा निर्देशक समाजद्वारा भव्य समारोह, विशिष्ट स्रष्टाहरू सम्मानित

Monday, April 7, 2025 National Power

काठमाडौं- नेपाल चलचित्र निर्देशक समाजले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा एक भव्य समारोहको आयोजना गरी रजत जयन्ती मनाएको छ । चलचित्र विकास बोर्ड परिसरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी रहनुभएको थियो ।

कार्यक्रममा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी विशेष अतिथिका रूपमा सहभागी रहनुभएको समारोहको अध्यक्षता समाजका अध्यक्ष जनकदीप पराजुलीले गर्नुभएको थियो ।

समारोहमा वरिष्ठ चलचित्रकर्मी निर शाहलाई नगदसहित ‘रजत जयन्ती दीर्घ साधना सम्मान-२०८१’ अर्पण गरिएको थियो भने शम्भु प्रधानलाई ‘रजत जयन्ती हिरा सिंह स्मृति सम्मान-२०८१’, निर्देशक श्याम राई, डा. सुबोधकुमार पोखरेल र रक्षा सिंह राणालाई ‘रजत जयन्ती स्रष्टा सर्जक सम्मान-२०८१’ बाट सम्मानित गरिएको थियो ।

‘डाइरेक्टर अफ दी इयर-२०८०’ को व्यावसायिक विधामा चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले अवार्ड प्राप्त गर्नुभएको थियो भने कलात्मक (क्रिटिक्स) विधामा चलचित्र ‘द रेड सुडकेस’ का निर्देशक फिडेल देवकोटा सम्मानित हुनुभएको थियो ।

सो अवसरमा निर्देशक समाजको प्रोफाइल भिडियो, निर शाहको जीवनीमाथि आधारित दृश्य सामग्री, सम्मानित स्रष्टाहरूका वृत्तचित्र, साङ्गीतिक नृत्य प्रस्तुति तथा रजत जयन्ती स्मारिका विमोचन गरिएको थियो ।