Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट

Sunday, March 16, 2025 National Power

 

भक्तपुर -हास्य साम्राज्ञी वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ। मध्यपुर ठिमीस्थित दुई पोखरी परिसरमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डको पाँचौं संस्करणमा उहाँलाई सो सम्मान अर्पण गरिएको हो। प्रधानमन्त्री पत्नी राधिका शाक्यको प्रमुख आतिथ्यता, आयोजक संस्थाका अध्यक्ष अमन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरूमा सांसद महेश बस्नेत, ठिमी नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ, अभिनेता शिव श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्कीलगायतका व्यक्तित्वहरू रहनुभएको थियो। ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न अवार्डमा ४० विधामा अवार्ड प्रदान गरिएको थियो। समारोहमा पत्रकारद्वय ऋषि धमला र ऋषि थपलियालाई नगद राशिसहित सम्मान गरिएको थियो। यस्तै, आख्यानकार एवं गीतकार भीष्मराज फुलारा, अभिनेता भुवन केसी, पल शाह, अंशु बर्मा, तारालाल धरेल, प्रविन आचार्य, रमेश सेन्चुरी, सिर्जना अधिकारीलगायतका स्रष्टा, सर्जकलाई पनि सो अवसरमा सम्मान गरिएको थियो।

समारोहमा गायिका शोभा पाण्डे, गायिका सुष्मा शाही ठकुरी र गायक अमृत खातीले  सर्वोत्कृष्ट आधुनिक तथा लोकदोहोरी गायक गायिकाको अवार्ड प्राप्त गरेका छन्  । अमृत खातीले ‘उनीको पछ्यौरी’ गीतका लागि लोकदोहोरी गायकको अवार्ड जित्नुभयो भने सुष्मा शाही ठकुरीले ‘एकै रातैले’ गीतबाट लोकदोहोरी गायिकाको अवार्ड प्राप्त गर्नुभयो। यस्तै, आधुनिक गायिका विधामा शोभा पाण्डेले ‘ए मन भन मलाई’ गीतका लागि अवार्ड जित्न सफल हुनुभयो।

समारोहमा लोकदोहोरी शब्द सुमन वैरागी ‘पीपलबोटे माया’, लोकदोहोरी लय रमेश परियार ‘वनमा खयर’लाई अवार्ड प्रदान गरिएको थियो भने लोकदोहोरी मोडेल पुरुष विमल अधिकारी, मोडल महिला अस्मिता पुरी, भिडियो निर्देशक मिलन श्रेष्ठ र नृत्य निर्देशक दिपेन्द्र तिमल्सिनालाई अवार्ड प्रदान गरिएको थियो। त्यस्तै, म्युजिक एरेन्जरमा पुष्कर खत्री, भिडियो छायांकारमा उत्तम हँमागाईं, भिडियो सम्पादकमा विकास दाहालले अवार्ड उचाल्दा सर्वोत्कृष्ट नवगायक विशाल सोनी ‘घन ठोकाइ’, नवगायिका दीपिका बयाम्बु ‘कस्मिरे पछ्यौरी’, सम्राट दास सर्वोत्कृष्ट आधुनिक नव मोडेल पुरुष ड्यासपोरा, सर्वोत्कृष्ट नव मोडेल महिला सदिक्षा पाण्डे ‘विष पिउन मन लाग्छ’ गीतबाट अवार्ड प्रदान गरिएको थियो।

सर्वोत्कृष्ट आधुनिक गायक कर्णराज गिरी ‘लुकी लुकी’, आधुनिक संगीतकार दीपक शर्मा ‘लुकाउने ठाउँ नै छैन’, सर्वोत्कृष्ट आधुनिक संगीतकार जुरी अवार्ड टेकराज ओझा ‘दिल्ली आग्रा’, आधुनिक संगीतकार भूपेन्द्र बुढाथोकी ‘भाग्य लेख्ने भगवान् कहाँँ छौ’, आधुनिक भिडियो मोडेल पुरुष विक्रम बुढाथोकी ‘कस्तो थिएँ कस्तो भएँ’, आधुनिक भिडियो मोडेल महिला शिल्पा पोख्ररेल ‘पिल पिल आँसु’, सर्वोत्कृष्ट आइटम गीत मोडेल महिला मल्लिका राजोपाध्याय ‘आऊ सँगै झुमी नाचौँ’, आधुनिक भिडियो निर्देशक रोशन दास ‘आदत’, लोकपप गायक लक्ष्मणश्री ‘म तिम्रै डल्ले हो’, लोकपप गायक पब्लिक च्वाइस महेन्द्रराज वराल ‘फूल रसैले’, टेलिचलचित्र कलाकार इन्द्र दोंग लामा ‘हर्के हल्दार’, शृंगार विक्रम गौतम ‘हंगामा’, सर्वोत्कृष्ट भाषाभाषी पुरुष कलाकार लक्ष्मीकुमार महर्जन ‘क्या ः मां जी’, रोहित ढुंगाना ‘क्या राम्रो नौखुवा’, सर्वोत्कृष्ट भजन गायक चिरञ्जीवी भण्डारी ‘राधाबिना कृष्ण आधा आधा’, सर्वोत्कृष्ट गीतकार ड्यासपोरा दिपेन्द्र खड्का ‘पल पल’, सर्वोत्कृष्ट भाषाभाषी गायिका शान्तिकुमारी शाही ‘कर्णालीको छालै छ’, नवप्रतिभा यमराज थापा ‘भए पनि मनभरि चोट’, सर्वोत्कृष्ट खलपात्र सुगत करणजित ‘पागल तिम्रो यादमा’, सर्वोत्कृष्ट चलचित्र गायक डेविट शंकर ‘दर्शन सलाम’, सर्वोत्कृष्ट भिडियो नव मोडेल नृत्य सृष्टिना क्षेत्री ‘घैलाको पानी’, बालकलाकार जेभिन जिभेश र आयुसी ढकाललाई पपुलर अवार्ड प्रदान गरिएको थियो।

त्यस्तै, लोकदोहोरी गायक रामजी खाँड वर्षकै सर्वोत्कृष्ट अवार्ड पाउन सफल हुनुभएको छ भने जुरी अवार्ड पाउनेहरूमा सुनिता भुजेल ‘नव पपगायक’, हुमन आचार्य, दीपिका थापा, डिआर सुजन म्युजिक भिडियो निर्देशक ‘उडेको चरी’, आधुनिक मोडेल अभि सुनार, टेकराज ओझा रहनुभएको छ।