Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गायक राजु भट्टराईको नयाँ गीत ठुलीको फुली सार्वजनिक

Thursday, February 27, 2025 Devil Singh Rajput

गायक राजु भट्टराईले नयाँ गीत ठुलीको फुली सार्वजनिक गरेका छन। उनले आफ्नो पहिलो गीत पिरती नगरी मार्फत लोकप्रियता कमाएपछि संगीतप्रेमी श्रोताहरूका लागि यो नयाँ सिर्जना ल्याएका हुन। फागुन ११ गते शनिबार ग्लोबल टुरिजम ट्रेड फेयर २०२५ को अवसरमा ग्लोबल कलेजमा आयोजित विशेष कार्यक्रममा गीत औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।

उक्त कार्यक्रममा भट्टराईले ठुलीको फुली गीत प्रस्तुत गर्दै दर्शकहरूलाई नचाएका थिए। गीतमा बाँसुरी मादल र हार्माेनियमको समिश्रण रहेको छ भने यसमा मिठा र सरल शब्द प्रयोग गरिएका छन। भट्टराईले गीतलाई मन छुने बनाउने प्रयास गरेका छन। उनले छिट्टै यस गीतको म्युजिक भिडियो समेत सार्वजनिक गर्ने जानकारी दिएका छन।

गायक भट्टराई कला साहित्य र संगीतमा विशेष रुचि राख्छन। आफ्नो कर्मसँगै संगीत यात्रालाई निरन्तरता दिने उनले बताएका छन। उनका अनुसार संगीत प्रेमीहरूको मनमा बास बस्ने उनको धोको रहेको छ र उनले नयाँ गीतहरू ल्याउने तयारी गरिरहेका छन।

ग्लोबल टुरिजम ट्रेड फेयर दुई हजार पच्चीस मा विभिन्न प्रतिष्ठित कम्पनीहरूले सहभागिता जनाएका थिए। यसमा मुख्य प्रायोजक एनसेल रहेको थियो भने सह प्रायोजक थर्ड रक एड्भेन्चर्स तथा प्रवर्द्धनात्मक साझेदार नेपाल पर्यटन बोर्ड रहेका थिए।

कार्यक्रममा अन्य महत्वपूर्ण साझेदारहरू पनि थिए। यात्रा साझेदारका रूपमा मलेसिया एयरलाइन्स र यति एयरलाइन्स रहेका थिए भने लजिस्टिक्स साझेदार अरामेक्स थियो। बैंकिङ साझेदार निम्ब बैंक रहेको थियो भने यात्रा साझेदारमा सिलिङ्क्स हलिडेज यात्रा हलिडेज ट्राभल डिजाइन हलिडे एक्सपर्ट ह्वाइट हिमालया ट्रेक्स एण्ड एक्सपिडिसन आदि सहभागी थिए।

स्वास्थ्य साझेदार अल्फा केयर डायग्नोस्टिक सेन्टर रहेको थियो भने टिकटिङ साझेदार टिकट सञ्जाल थियो। खानपान तथा पेय पदार्थ साझेदारमा भण्डारी सेकुवा क्विक्स चीज बल्स रियो फ्रुट ड्रिंक्स लगायतका ब्रान्डहरू थिए।

आतिथ्य साझेदारमा स्टार शेफ होस्पिटालिटी कैलाश बुटिक होटल, ओएसिस काठमाडौं होटल, ठमेल बुटिक होटल, सिद्धार्थ होस्पिटालिटी, त्रिशूली भिल्ला, चितलाङ अर्गानिक भिलेज रिसोर्ट लगायतका होटल तथा रिसोर्टहरू रहेका थिए।

राजु भट्टराई पेशागत रूपमा डिजाइनर डिजिटल विशेषज्ञ तथा प्रशिक्षकका रूपमा पनि सक्रिय छन। उनले संगीत यात्रालाई निरन्तरता दिँदै आगामी दिनमा नयाँ गीतहरू सार्वजनिक गर्ने योजना सुनाएका छन। ठुलीको फुली हाल युट्युबमा उपलब्ध छ जसलाई श्रोताहरूले सुन्न र हेर्न सक्नेछन।