Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नारायण थापा र शर्मिला बर्देवाको ‘औधि मन पराएँ’ सार्वजनिक

Friday, February 7, 2025 National Power

काठमाण्डौ – बिगत २ दशकदेखि नेपाली गीत संगीतमा सक्रिय चर्चित गायक नारायण थापा र चर्चित गायिका शर्मिला बर्देवाको सुमधुर आवाजमा रहेको नया गीत औधि मन पराएँ को म्युजिक भिडियो  G Media connection  यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको गीतमा हर्क बहादुर योंगहांग लिम्बुको शब्द,राजेन्द्र बजगाईको संगीत र संगित संयोजन,मनोज परियारको मिक्सिंग मास्टरिंग रहेको छ।गीतलाई म्युजिक किचन स्टुडियोमा तयार पारिएको हो। गीतमा सुबिन गोदारको छायांकन,प्रकाश धितालको निर्देशन र राकेश दाहालको सम्पादन रहेको छ ।

गीतमा एक प्रेमजोडीले एक अर्कालाई मन मनै मन पराएको तर अभिब्यक्त गर्न नसकिएको कथाबस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
पछिल्लो समयका ब्यस्त रहेका गायक थापाको सोह्रै श्रृंगार,कुनै दिन त,टेलि चलचित्र गाउँ फर्क को शिर्ष गीत गाउँ फर्क,परिणाम नखोज तिमी,रातभरी लगायत ६ दर्जन बढि गीतहरु बजारमा आईसकेका छन भने केही गीतहरु आउने क्रममा रहेका छन । गायक थापाको अजम्बरी–२०७२, परिवेश–२०७७, आकर्षण–२०७९ गरि तीन एल्बम बजारमा आइसकेका छन भने चौथो एल्बम ‘आभूषण’का गीतहरु रेकर्डिंगको क्रममा रहेको उहाँले जानकारी गराउनुभयो ।

गीतमा अभिनय रहेको प्रतिक्षा काफ्ले पछिल्लो समयकि ब्यस्त एवं चर्चित कलाकार हुन उनका तिमीलाई नै,छोट्टी फकाउन,तिम्रो जस्तो हैशियत लगायत २ दर्जन भन्दाबढि गीतहरु बजारमा सार्वजनिक भईसकेका छन । बिभिन्न टेलिचलचित्रमा समेत अभिनय गरिसक्नुभएकि प्रतिक्षा काफ्ले बहु प्रतिक्षित र समसामयिक टेलि चलचित्र गाउँ फर्क मा पनि अनुबन्धित भईसकेकि छिन भने आधा दर्जन म्युजिक भिडियो बजारमा आउने क्रममा रहेका छन । साथमा गीतका अर्का कलाकार प्रज्वल राज भट्टका पनि यो भन्दा पहिले थुप्रै गीतहरु बजारमा आईसकेका छन ।