Thursday 19th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित

Sunday, February 9, 2025 Devil Singh Rajput

काठमाडौं – नेपाल व्यवस्थापन संघ (म्यान)ले वर्ष २०२४ का लागि प्रदान गर्ने ‘म्यानेजर अफ द इयर’ अवार्डबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ सम्मानित हुनुभएको छ। संघको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा उहाँलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।साल्ट ट्रेडिङको वित्तीय सुदृढता, बजार विस्तार, तथा सामाजिक कल्याणका क्षेत्रमा उहाँले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै छनोट समितिले उहाँलाई ‘म्यानेजर अफ द इयर’ अवार्ड प्रदान गर्ने निर्णय गरेको संघले जनाएको छ । श्रेष्ठको नेतृत्वमा साल्ट ट्रेडिङ देशकै प्रभावशाली सार्वजनिक संस्थामध्ये एकका रूपमा स्थापित भई अग्रणी स्थानमा उभिन सफल हुनुभएकाले उहाँलाई ‘म्यानेजर अफ द इयर’ अवार्ड प्रदान गरिएको संघले स्पष्ट समेत पारेको छ ।

साल्ट ट्रेडिङमा श्रेष्ठको योगदान

श्रेष्ठले विगत लामो समयदेखि साल्ट ट्रेडिङ कर्पोरेशनमा निरन्तर योगदान पु¥याउँदै आउनुभएको छ। उहाँले २००७ देखि संस्थाको सीईओको रूपमा नेतृत्व सम्हाल्दै संस्थालाई आर्थिक रूपमा मजबुत बनाउनुका साथै व्यवस्थापन क्षमतामा उल्लेखनीय सुधार ल्याउनुभएको छ ।

नेपालभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नु मात्र नभई, व्यापार विविधिकरण  गर्दै साल्ट ट्रेडिङलाई दिगो आर्थिक वृद्धि र सामाजिक उत्तरदायित्वमा समेत अग्रणी बनाउने उहाँको भूमिका निर्णायक रहदै आएको छ। नेपालका शहरदेखि दुर्गम क्षेत्रसम्म आवश्यक मात्रामा नुन आपूर्ति सुनिश्चित गर्न रणनीतिक योजना लागू गर्ने कार्यदेखी संस्थालाई एकल व्यवसाय मोडलबाट बहुआयामिक व्यापारिक रणनीतितर्फ रूपान्तरण गर्दै आयआर्जनका स्रोतहरू फराकिलो पार्ने योजनामा उहाँले महत्वपूर्ण कार्य गर्नुभएको छ । त्यस्तै साल्ट ट्रेडिङलाई आर्थिक रूपमा सुदृढ र आत्मनिर्भर बनाउन दूरदर्शी नीति अपनाउनुका साथै समुदायलाई लक्षित विभिन्न कार्यक्रम तथा कल्याणकारी योजनाहरू सञ्चालन गर्नमा पनि उहाँको अह्म भूमिका रहदै आएको छ । कर्मचारी व्यवस्थापन, प्रविधिको अधिकतम उपयोग र सेवा सुधारमा विशेष ध्यान दिदै संगठनको चुस्त व्यवस्थापन कार्यमा उहाँको योगदान अतुलनिय छ ।

सम्मान ग्रहण पश्चात श्रेष्ठले प्रतिक्रिया दिदै योआफ्नो सफलता संस्थाका सम्पूर्ण कर्मचारी, व्यवस्थापन टोली र साझेदारहरूको साथ सहयोगबाट मात्र संभव भएको बताउनु भन्नुभयो ‘यो अवार्ड मेरो मात्र होइन, साल्ट ट्रेडिङ परिवारको सम्पूर्ण टिमको मेहनतको परिणाम हो। संस्थाको दिगो विकास, पारदर्शिता, र सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धता यही सम्मानका लागि प्रेरणा बनेको छ।’

उर्मिला श्रेष्ठको नेतृत्व, दूरदर्शिता र व्यवस्थापन कुशलता कर्मचारी र नेपाली व्यावसायिक क्षेत्रका लागि प्रेरणाको स्रोत रहदै आएको साल्ट ट्रेडिङका सहायक सिईओ ब्रजेश कुमार झाले बताउनुभएको छ।

‘म्यानेजर अफ द इयर’ अवार्डको महत्व

नेपाल व्यवस्थापन संघले हरेक वर्ष व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने एकजना उत्कृष्ट व्यवस्थापकलाई यो अवार्ड प्रदान गर्दै आएको छ। यस अवार्डले नेपाली व्यवस्थापकहरूको पेशागत क्षमता र नेतृत्व प्रतिभालाई उच्च सम्मान गर्दै थप प्रेरित गर्ने उद्देश्य बोकेको छ। यस अवार्डलाई नेपाली व्यवस्थापकहरूको क्षमता र नवाचारलाई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा हेरिदै आईएको छ।