Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चलचित्र विकास बोर्डद्वारा क्यान्सरपिडित चलचित्रकर्मी राजन थापालाई नगद एक लाख आर्थिक सहयोग

Saturday, February 1, 2025 National Power

काठमाडौँ – चलचित्र विकास बोर्डले आज क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १ वर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै गरेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका छन् । कोषको संयोजक कलाकार बसुन्धरा भुसाल छिन् ।

२०३९ सालदेखि कलाकारीतामा प्रवेश गरेका थापाले ६ एकान ६, दुश्मन, ईकु,कंगाल, सम्पति लगायतका ठुलो पर्दाका चलचित्रहरुमा तथा अविरल बग्दछ इन्द्रावती, रहरै भो, श्रीमान श्रीमती, तितोसत्य, चक्कर, भुईचालो , सञ्चय आदिमा समेत अभिनय गरेका छन् । आर्थिक अवस्था कमजोर भई उपचार गर्न कठिनाई भएको देखिएपछि आर्थिक सहयोग प्रदान गरिएको हो ।