Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

धृष्टधुम्न र मेलिनाको स्वरमा ‘आँखैमा गाजल’ सार्वजनिक

Thursday, January 30, 2025 National Power

काठमाडौं-धृष्टधुम्न शाही र मेलिना राईको स्वरमा रहेको गीत ‘आँखैमा गाजल’ सार्वजनिक भएको छ । उमेशराज खड्काको शब्द रचना एवम् सङ्गीत, विशाल निरौलाको एरेञ्ज र रञ्जन राईको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुदीप लम्सालको निर्देशन, मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र प्रगति खड्कालाई फिचरिङ गरिएको छ । गीतमा आफूले मन पराएको मान्छेको तारिफ गरिएको छ । प्रेमभावको गीतमा मन पराएकी मायालुसँगको भेट, प्रेमका प्रशङ्ग व्यक्त गरिएको छ । सुनौ सुनौ लाग्ने खालको गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

पवन सुसलिंगको छायांकन रहेको गीतको भिडियो ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । डोल्पाली गायक धृष्टधुम्नको केही समय अघि सार्वजनिक गीत ‘सम्बन्ध’लाई श्रोतारदर्शकले निकै मन पराएका थिए ।