Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चलचित्र विकास बोर्डमा दर्तादेखि सेन्सरसम्मको सबै प्रक्रिया पुरा गर्दा पनि फिल्म ‘एक्टर–टेक वान’को प्रदर्शन रोकियो

Wednesday, January 29, 2025 National Power

 

काठमाडौंँ – शहीद दिवसको अवसर पारेर आजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर–टेक वान’को प्रदर्शन रोकियो । चलचित्र विकास बोर्डमा दर्तादेखि सेन्सरसम्मको सबै प्रक्रिया पुरा गर्दा पनि फिल्मको प्रदर्शन अदालतले रोकेको हो ।    जिल्ला अदालत काठमाडौँले मंगलबार अन्तरिम आदेश जारी गर्दै फिल्मको रिलिज स्थगित गरेको हो ।

फिल्म ‘एक्टर’का निर्माताले दायर गरेको मुद्दाको आधारमा अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । मुद्दामा चलचित्र विकास बोर्डलाई समेत विपक्षी बनाइएको छ । ३ करोड भन्दा माथिको बजेटमा बनेको फिल्मको एकदिन अगाडि रिलिज रोकिदा निर्माताको लगानीको जोखिम बढेको छ । निर्माण युनिटलगायत फिल्मकर्मी इजाजत दिने संस्था चलचित्र विकास बोर्ड प्रति आक्रोशित बनेका छन् ।
फिल्मका निर्देशक राजन भुसाल ‘एक्टर टेक वान’लाई न्यायको माग गरेका छन् ।

कलाकार तथा निर्देशक निश्चल बस्नेतले एउटै नाम भएको विषय भए विकास बोर्ड जवाफ देही हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाम नै एउटै भएको कुरा हो भने नाम दर्ता गर्ने विकास बोर्ड जवाफदेही हुनुपर्छ । चलचित्र निर्माण गर्ने इजाजत र प्रदर्शन गर्ने इजाजतपत्र राज्यका निकायले दिने हो । इजाजत पाइसकेपछि निर्माण कम्पनीले विना कुनै रोकावट फिल्म निर्माण र सेन्सर भएपछि प्रदर्शन गर्न पाउनुपर्छ ।’उनले समस्या नै भएको हो भने, इजाजत दिने अध्यक्षलाई स्पष्टीकरण र मुद्दा लाग्नुपर्ने धारणा समेत राखेका छन् ।

कलाकार तथा निर्माता दीपकराज गिरीले फिल्मको विवाद कोट पुगेको विषयमा ब्याङ्ग्य समेत गरेका छन् । उनले लेखेका छन्, ‘हरेक दिन फिल्म बनाउन नयाँ नयाँ निर्माता एअरपोर्टमा । फिल्म रिलिज चाही कहाँ गर्ने हलमा हो कि कोर्टमा रु’ । उनले एउटै नाममा पछाडि फुर्का गाँसेर, पुच्छर झुन्डाएर नाम राख्ने परम्परा पनि बन्द हुनुपर्ने बताएका छन् ।

फिल्म निर्देशक समेत रहेका रंगपत्रकार डब्बु क्षेत्रीले हिजो चलचित्र विकास बोर्डले गरेको गल्तीले अहिले फिल्म ‘एक्टर’ र ‘एक्टर टेक वान’ पिल्सिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा अगाडि लेख्छन्, ‘हरेक समस्याको समाधान पक्कै वार्ताबाट हुन्छ । आपसको इगो त्याग्नअग्रह गरे । हिजो अस्ति वार्ता भएको भए पक्कै यस्तो समस्या आउँदैन थियो ।’