Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

तेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१ सम्पन्न

Sunday, January 26, 2025 National Power

काठमाडौँ- नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको छ। संयोजक सुरज पौडेलले जानकारी दिए। अवार्डको भिडमा आफ्नो छुट्टै पहिचान बोकेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करण चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको हो ।

‘तेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१ ’ मा प्रतिष्ठित गीतकार प्रमोद ढुंगानालाई नगद रु।२५,५५५ नगद सहित दिर्घ साधना सम्मान प्रदान गरियो। पत्रकार सामिप्यराज तिमल्सेनालाइ नगद रु।११,१११ नगद सहित पत्रकारिता पुरस्कार प्रदान गरियो।

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो । अवार्ड कार्यक्रममा प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको उपस्थिति रहेको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी।सी।को विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाकारहरुको पनि उपस्थिति थियो। कलाकारहरुले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउँदै नेपाली चलचित्र र व्यवसायको सहकार्यलाई थप उचाइमा पुर्याउन सकिने धारणा व्यक्त गरे। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने बिशिस्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनु हुनेमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल,इन्टरनेसनल मोडल दिपक घिमिरे,निर्देशक घनश्याम लामिछाने, बरिस्ट पत्रकार तथा गीतकार गोपाल प्रसाद थपलिया,किड्स मोडल अनया शाह,फेशन डिजाइनर विकाश खड्का,गीतकार हरी उप्रेती,समाजसेवी कमल प्रसाद दाहाल,फेशन डिजाइनर पुरन बहादुर कुँवर,गायक रुद्र शेखर शर्मा हुनु हुन्थ्यो। अवार्डको जुरी टिममा संगीतकार राजु सिंह, छायाँकार राम केसी,कोरियोग्राफर लिगेश भट्टराई, मोडल उत्साह घिमिरे रहेका थिए।

विजेताहरु गीत संगीत तर्फको
उत्कृस्ट गायन पुरुष (आधुनिक)
रमेश पाठक – सातै सुर
उत्कृस्ट गायन महिला (आधुनिक)
मनु दाहाल – एउटै बर्को पिरतीको
उत्कृस्ट संगीतकार (आधुनिक)
नरहरि प्रेमी – मनको मझेरी
उत्कृस्ट गायिका (लोक)
आशा लामा ‘ज्ञानमाला’ – रातो रातो गाला
मिक्स मास्टरिङ्ग
चन्द्र चौधरी – जुग जाने माया
उत्कृस्ट म्युजिक भिडियो निर्देशक
कृष्ण पौडेल (भन कति चाहियो माया
जुरी अवार्ड – दिलिप समन( पान पुतली माया
पब्लिक च्वाइस अवार्ड( सविन कुमार तोलांगी – पिरतीले सल्काई देउ
उत्कृस्ट म्युजिक भिडियो छायाँकार
रामेश्वर हुमागाईं – एउटै बर्को पिरतीको
उत्कृस्ट कोरियोग्राफर
प्रकाश तिमल्सिना – प्रेमिल मन
उत्कृस्ट मेकअप आर्टिस्ट
रबी केसी – ए जिन्दगी
उत्कृस्ट मोडल पुरुष (आधुनिक)
पुस्कर राउत – झुठो बोल्दिन
जुरी अवार्ड(अनुराग थपलिया – पिरतीले सल्काई देउ
उत्कृस्ट मोडल महिला (आधुनिक)
साया भण्डारी – चमेली फूल को हजुर
जुरी अवार्ड – कबिता न्यौपाने – थाहै थिएन
उत्कृस्ट शब्द रचना
केशव शर्मा बेलबासे – बुझ्नै सकीन
उत्कृस्ट लोक गायन मेल
शम्भु फोम्बो – पुर्वैको मारुनी
जुरी अवार्ड – देवराज आले – मास्टरनी
उत्कृस्ट मोडल लोक (पुरुष)
भुवन के।पोखरेल – सिर सिर पिपल पातले
जुरी अवार्ड – सुरेन्द्र महर्जन – गाउँ हेर्यो गाउँ सबै
उत्कृस्ट गायन (नयाँ प्रतिभा)
सोनीका प्रिन्सेस – सिन्धुली घुम्न जाउँ
जुरी अवार्ड – एड्रिका थापा – वन टाइम
उत्कृस्ट मोडल (नयाँ प्रतिभा)
बिबेक कार्की – खुल्दुली २
पब्लिक च्वाइस( प्रिन्स युवराज कार्की – चमेली फूल को हजुर
जुरी अवार्ड – इश्वर श्रेष्ठ – नयन ले खोजि
उत्कृस्ट मोडल लिम्बु भाषाको म्युजिक भिडियो
पुस्पान्जली तित्लिंग लिम्बु
पब्लिक च्वाइस अवार्ड
संजिव थेबे लिम्बु
फिल्म तर्फको विजेता
उत्कृस्ट फिल्म
बुलाकी
उत्कृस्ट फिल्म निर्देशक
मिलन चाम्स – गोर्खा वारियर
उत्कृस्ट अभिनेत्री
दिया पुन – दयारानी
उत्कृस्ट अभिनेता
मुकुन भुषाल – गणपती
उत्कृस्ट पटकथा
राज बहादुर साने – बुलाकी
उत्कृस्ट नव अभिनेता
बिराज बिस्ट – बुलाकी
जुरी अवार्ड – रितेश चाम्स – गोर्खा वारियर
कल्चरल फिल्म तर्फ
उत्कृस्ट अभिनेता (कल्चरल फिल्म)
सागर केरुङ्ग – चे
उत्कृस्ट अभिनेत्री (कल्चरल फिल्म)
लक्ष्मी योङ्हाङ्ग लिम्बु – रीत
उत्कृस्ट निर्देशक (कल्चरल फिल्म)
दिनेश लिङ्ग्देन – रीत
उत्कृस्ट पटकथा (कल्चरल फिल्म)
सागर केरुङ्ग – चे
उत्कृस्ट कल्चरल फिल्म
लोजिमा
उत्कृस्ट सह अभिनेता (कल्चरल फिल्म)
पूर्ण सेलिङ्ग – रीत