Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?

Friday, January 17, 2025 National Power

काठमाडौँ -आज शुक्रबारबाट एक बलिउड सहित तीन नयाँ फिल्म रिलिज भएका छन् । फिल्म हुन् ‘। ‘फिरफिरे फिरिरी’ र ‘एक्टर’ नयाँ नेपाली फिल्म हुन् भने ‘आजाद’ बलिउड फिल्म हो । फ्राईडे रिलिज अन्तर्गत तीन फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । यद्यपि, देशभरका सबै फिल्म यी फिल्मले मात्र पाएका छैनन् । किनभने यसअघि रिलिज भएका दुई नेपाली फिल्म ‘कार्साङ’, ‘पुर्ण बहादुरको सारंगी’ र बलिउड फिल्म ‘पुष्पा २’, ‘गेम चेन्जर’लगायतले केही स्टेशनमा अझै कब्जा जमाएर बसेको छ ।

‘फिरफिरे फिरिरी’ नवीन भट्टले निर्देशन गरेको फिल्म हो, भने ‘एक्टर’ निर्देशक मदन घिमिरे रहेका छन् । त्यस्तै हिन्दी ‘आजाद’लाई अभिषेक कपुरले निर्देशन गरेका हुन् । रिलिजमा आएका मध्य ‘फिरफिरे फिरिरी’ हरर र कमेडी मिश्रित फिल्म हो । हरर फिल्म हेरेर डराउने दर्शकलाई फिल्मले सहाउने बताइन्छ । फिल्म मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, शंकर शेढाइ, पुष्प अवस्थी र सूर्यमान लिम्बुको अभिनय छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा सह–निर्माता नितिश पुन हुन्। कथा सन्दीप श्रेष्ठ र नवीन भट्टले लेखेका हुन् ।

त्यस्तै, ‘एक्टर’ युवापुस्तालाई लक्षित हौसला प्रदान गर्ने कथावस्तु समेटेर निर्माण भएको फिल्म हो । टेलिभिजन पत्रकार मनोहरी थापाको निर्माण रहेको फिल्म आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स र सस्पेन विषयवस्तुले भरिएको बताइन्छ । फिल्ममा प्रिन्स थापा मगर, शिवानी गिरी, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह लगायतको अभिनय छ । सम्राट् थापाको कथा तथा सङ्गीत रहेको फिल्म नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा बनेको हो ।

यस्तै, बलिउड फिल्म ‘आजाद’मा अजय देवगन, राशा थडानी, अमन देवगन, राशा थडानी, डायना पैंटी, मोहित मालिकलगायतको अभिनय छ । फिल्मको कथा भरतमा ब्रिटीसले शासन गरेको समयको हो ।