Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

‘द नेशनल डिजाइनर रन वे २०२४’को उपाधी प्राङ्देन लिम्बूलाई

Monday, January 6, 2025 National Power

भक्तपुर – फुङ्देन हाङ्ग लिम्बु पहिरन शिल्पी अर्थात फेसन डिजाईनरहरुको मेघा प्रतियोगिता द नेशनल डिजाइनर रनवे, ५  औं संस्करणको ९ २०२४, विजेता बनेका छन् । असाधारण रचनात्मकता र शिल्प प्रस्तुतीकरणका साथ दर्शक र निर्णायकहरूलाई मोहित पार्दै उनले शिर्ष उपाधी हात पार्दा सबी श्रेष्ठले आकर्षक डे«स डिजाइनको साथमा फस्ट रनरअपको उपाधि हासिल गरिन् भने ओमन कुमारी लोकान्द्री उस्तै लोभ लाग्दो डिजाईन प्रस्तुति पस्कदै सेकेन्ड रनरअपको उपाधि जित्न सफल भईन्। प्रतियोगितामा अन्य सबै प्रतियोगीहरुलाई उछिन्दै सजिना मुनिकरले मष्ट पपुलरतर्फको अवार्ड हात पारेकी छिन्  ।  विजेताहरूलाई प्रतिनिधि सभाकी उप सभामुख ईन्दिरा राना , निर्णायकहरू र आयोजक टोलीका सदस्यहरूले विजेताको ताज साथै आकर्षक उपहारहरू प्रदान गरे ।

प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतीमा सम्पन्न भएको हो । राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा सम्पन्न ग्राण्ड फिनालेमाझ आईआईएफटि, एनसिएफटि र आईईसीलाई प्रतिनिधित्व गर्दै कुल १४ जना फेसन डिजाईनरहरु अन्तिम प्रतिस्पर्धामा उत्रिनुएका थिए। जहाँ उनीहरुलाई साथ दिदै रचनात्मक पहिरन शिल्पमा सजिदै ३८ मोडलहरुले र्याम्पमा उत्रिएर ग्ल्यामर र असाधारण प्रतिभा प्रदर्शन गरेका थिए।

यस प्रतियोगीतामा फेसन विज्ञहरु मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र फेसन विज्ञसमेत रहनुभएकी नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायकको भूमिकामा थिए ।

फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न यस कार्यक्रममा स​ञ्जिव​ कस​जु ब​जार​ व्य​व​स्थाप​क,​ परमानन्द चौधरी ईभेण्ट व्यवस्थापक र शैलेश नेपाली ईभेण्ट संयोजक रहेका थिए । इम्पेरियल हल, सल्लाघारी भक्तपुरमा पौष २० गते सम्पन्न यस कार्यक्रम फेसन डिजाइनरहरूका लागि उनीहरूको सीप र रचनात्मकता प्रदर्शन गर्ने उत्कृष्ट डबली बन्दै आएको र यस संस्करण नेपालको फेसन परिदृश्यमा नवीनता र रचनात्मकताको उदाहरण पेश गर्न सफल रहेको आयोजकको दाबी छ ।