Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले घोषणा गरे ‘कोसेढुंगा’

Sunday, January 5, 2025 National Power

काठमाडौँ – ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् । उनले आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएका छिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ र परपर क्षितिज छ ।

घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको सङ्केत गरेको अनुमान लगाउन सकिन्छ । डाँडामा उभिएर पहाडलाई हेर्दै गरेकी महिलाले पहाडी जीवन छोडेर सपना पछ्याउने हिँडेको अर्थ लगाउन सकिन्छ । पोस्टरले ‘कोसेढुंगा’ सोसल ड्रामा भएको प्रस्ट हुन्छ ।
२०८२ मा रिलिज हुने फिल्म नरदेवी फिल्मसको प्रस्तुतिमा प्रेविल कँडेल र हरि महतको लगानीमा निर्माण हुन लागेको हो । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का रहेका छन् । बाबु श्रेष्ठको डीओपी रहने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । फिल्ममा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । फिल्ममा मुख्य भूमिकामा को–को रहनेछन्, त्यो निर्माण टिमले जानकारी दिएको छैन ।

‘फिल्मको कलाकार र डिटेयल जानकारी हामी केही समयपछि दिनेछौ’, निर्देशक पौडेलले भने, ‘तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने फिल्म बनाउने कोसिस रहनेछ ।’ पौडे निर्देशित ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ । फिल्मले स्वदेशी बक्सअफिसमा करिब ५० करोडको व्यवसाय गरेको छ ।