Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

१२औं राष्ट्रिय पोसाक दिवस भव्य रुपमा सम्पन्न,संगीतकार बजगाई सहित दर्जनौ स्रष्ठा सम्मानित

Saturday, January 4, 2025 National Power

काठमाण्डौ  – १२औं राष्ट्रिय पोसाक दिवस भव्य रुपमा मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा पाटन दरबार परिसरमा भएको उक्त कार्यक्रमा कलासंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउने १९ जना व्यक्तिलाई सम्मान गर्दै राष्ट्रिय पोसाक दिवस मनाइएको हो। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, साहित्यकार डा।राजेन्द्र विमल, शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइराला, राष्ट्रिय गानका सर्जक व्याकुल माइला, पत्रकार अखण्ड भण्डारी, आध्यात्मिक व्यक्तित्व चैतन्य कृष्ण,सङीतकार सर्जक राजेन्द्र बजगाई लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

हरेक वर्ष राष्ट्रिय पोसाक दिवसका अवसरमा नेपाली संस्कार, संस्कृतिमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको राष्ट्रिय पोसाकको औचित्य एवं कार्यक्रमको उद्देश्यबारे बोल्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले दौरासुरुवाल, ढाकाटोपी, गुन्युचोलीले नेपालमा बसोबास गर्ने सबै जात, भाषा, संस्कृतिको साझा भेषभूषा रहेको र यिनलाई संरक्षण एवं प्रयोग गर्ने दायित्व हामी सबैको रहेको बताए।

कार्यक्रममा साहित्यकार डा।राजेन्द्र विमलले आफू मधेसी समुदायको भए पनि परिआउँदा बक्खु समेत लगाउने बताए। प्रा।डा।विद्यानाथ कोइरालाले पहिचान, पोसाक र इतिहास सन्दर्भमा लामो दस्ताबेज प्रस्तुत गरेका थिए। सोही अवसरमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेद अन्त्यका लागि पोसाकको समानताले पनि भूमिका निर्वाह गर्ने बताए।

कार्यक्रममा साहित्यकार डा। राजेन्द्र विमललाई ‘राष्ट्रिय धरोहर सर्वोच्च सम्मान’, प्रा।डा। वीणा पौड्याललाई ‘राष्ट्रिय धरोहर नारीरत्न सम्मान’, राष्ट्रिय गानका सर्जक व्याकुल माइलालाई ‘राष्ट्रिय धरोहर माधवप्रसाद घिमिरे स्मृति सम्मान’, साहित्यकार मोहन दुलाललाई ‘संस्कृतिविद् ज्ञानमणि नेपाल स्मृति सम्मान’, सञ्चारकर्मी गोपीकृष्ण ढुङ्गानालाई ‘राष्ट्रिय धरोहर दीर्घसाधना साहित्य एवं पत्रकारिता पुरस्कार’, आध्यात्मिक व्यक्तित्व चैतन्य कृष्णलाई ‘राष्ट्रिय धरोहर योगी नरहरिनाथ स्मृति सम्मान’, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारीलाई ‘राष्ट्रिय धरोहर साहित्य पुरस्कार’, साहित्यकाररपत्रकार दिलीप ढकाललाई ‘राष्ट्रिय धरोहर साहित्यकार एवं पत्रकार सम्मान’, सञ्चारकर्मी प्रकाश सुवेदीलाई ‘राष्ट्रिय धरोहर दीर्घ साधना पत्रकारिता सम्मान, सञ्चारकर्मी नवराज बजगाईंलाई ‘राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान’ इतिहासकार गोविन्द नेपालीलाई ‘सत्यमोहन जोशी स्मृति सम्मान’, साहित्यकार त्रिभुवनचन्द्र वाग्लेलाई ‘राष्ट्रिय धरोहर दीर्घ साधना साहित्य एवं पत्रकारिता सम्मान’, गायक सुमित खड्कालाई ‘विशिष्ट गायक तथा सर्जक सम्मान’, लेखक दीपेन्द्रराज तिम्सिनालाई ‘‘राष्ट्रिय धरोहर बिसे नगर्ची स्मृति सम्मान’, सामाजिक अभियन्ता चक्रबहादुर चन्दलाई ‘राष्ट्रिय धरोहर युवा उत्प्रेरणा सम्मान’ जेसिस अध्यक्ष रजनी थापालाई ‘राष्ट्रिय धरोहर अभिनन्दन सम्मान’, , संगीतकार राजेन्द्र बजगाईंलाई ‘राष्ट्रिय सर्जक सम्मान’ र अभियन्ता केपी खनाललाई ‘राष्ट्रिय धरोहर युवा सामाजिक अभियन्ता सम्मान’ प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका हालका अध्यक्षले जनवरी १ मा नै किन मनाइन्छ भन्ने कुरालाइ स्पष्ट पार्दै जनवरी एकमा नया बर्ष नमाउन भन्न सकिँदैन तर नेपालीहरुको नया बर्ष नभएका कारण शो दिन हाम्रो पोशाक दिवसलाइ विश्वभर पहिचान मिल्ने भएकाले पनि सोही दिन मनाइने बताए।