Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

‘लाज शरणम्’ को फष्टलुक्स सार्वजनिक

Friday, January 3, 2025 National Power

काठमाडौँ – हास्यश्रृखला ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ को फष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक तीन पोस्टरमा पाँच कलाकार फिचर्ड छन् । जसमा ४ लाई चिन्न सकिन्छ भने एकलाई चिन्न सकिँदैन ।

तीन मध्य पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला  (कक्रोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिन भित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेका छन् । यसलाई मृत्युपछि मान्छेले के देख्छ होला भन्ने परिकल्पनाका रूपमा बुझ्न सकिन्छ ।
दोस्रोमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् । उसको तराजुमा यार्सा र सुनको बिस्कुट जोखिरहेको देखिन्छ । सुनको बिस्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ । उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ । यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ ।
तेस्रोमा हरिस र विजय छन् । हरिसको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शङ्ख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको अनुमान गर्न सकिन्छ । गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ ले कथा भनेको अनुमान पोस्टरले सङ्केत गर्छ । तर, प्रस्ट रूपमा कथा के हो भन्ने खुलाएको छैन । पोस्टरले फिल्मप्रति दर्शकको कौतुहलता बढाइदिएको छ ।
‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ । कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेको फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । फिल्म सुदीप बरालले छायाङ्कन गरिरहेका छन् ।

नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सृजना खड्का सह–निर्माता रहेको फिल्म नेपालमा ब्याङ्कटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ ।