Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक

Sunday, December 8, 2024 National Power

काठमाण्डौ – सुगम संगीतमा बिगत दुई दशकदेखि सक्रिय चर्चित गायक नारायण थापाको आवाजमा रहेको गीत “परिणाम नखोज तिमी”आभुषण ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत भरखरै सार्बजनिक भएको छ ।
दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिंग मास्टरिंग रहेको गीत मेलोडी नेपाल रेकर्डिंग स्टुडियोमा रेकर्ड भएको हो।
समाज एवं घर परिवार भित्र हुने आर्थिक उतार-चढाब र त्यसले निम्त्याउने समस्या र महत्वाकांक्षालाई गीत मार्फत उधिन्ने कोशिश गरेकाछौं “एउटा प्रेमिका वा श्रीमतीले परिवार समाजभित्र देखेको भोगेको आर्थिक असन्तुलन र गुनासोलाई एक सच्चाप्रेमीबाट अभिव्यक्त प्रेमभाब र सम्बोधन नै गीतको मुख्य सार हो”गायक थापाले बताउनु भयो ।
करिब ५ दर्जन भन्दापढि गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसक्नु भएका गायक थापाको अजम्बरी-२०७२,परिवेश-२०७७,आकर्षण-२०७९ गरि तिन एल्बम बजारमा आईसकेकोछ भने हाल चौथो एल्बम “आभुषण”को तयारिमा हुनुहुन्छ।