
काठमाण्डौ – सुगम संगीतमा बिगत दुई दशकदेखि सक्रिय चर्चित गायक नारायण थापाको आवाजमा रहेको गीत “परिणाम नखोज तिमी”आभुषण ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत भरखरै सार्बजनिक भएको छ ।
दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिंग मास्टरिंग रहेको गीत मेलोडी नेपाल रेकर्डिंग स्टुडियोमा रेकर्ड भएको हो।
समाज एवं घर परिवार भित्र हुने आर्थिक उतार-चढाब र त्यसले निम्त्याउने समस्या र महत्वाकांक्षालाई गीत मार्फत उधिन्ने कोशिश गरेकाछौं “एउटा प्रेमिका वा श्रीमतीले परिवार समाजभित्र देखेको भोगेको आर्थिक असन्तुलन र गुनासोलाई एक सच्चाप्रेमीबाट अभिव्यक्त प्रेमभाब र सम्बोधन नै गीतको मुख्य सार हो”गायक थापाले बताउनु भयो ।
करिब ५ दर्जन भन्दापढि गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसक्नु भएका गायक थापाको अजम्बरी-२०७२,परिवेश-२०७७,आकर्षण-२०७९ गरि तिन एल्बम बजारमा आईसकेकोछ भने हाल चौथो एल्बम “आभुषण”को तयारिमा हुनुहुन्छ।