Thursday 18th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु

Thursday, December 5, 2024 National Power

नयाँ दिल्ली – तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ आजबाट रिलिज भएको छ । रिलिज हुनुअघि डिसेम्बर ४ मा आन्ध्र प्रदेश र तेलंगानामा फिल्मको लाइभ शो देखाइएको थियो । हैदरावादको चिक्कडपल्लीस्थित सन्ध्या थिएटरमा एउटा बेनिफिट शो आयोजना गरिएको थियो ।

फिल्मका नायक अल्लु अर्जुन पनि यस कार्यक्रममा पुगेका थिए । उनलाई हेर्न फ्यानहरूको भीड लागेको थियो । यसैबिच भागदौड भएर भीड अनियन्त्रित हुँदा एक महिलाको मृत्यु भएको छ । यस घटनामा महिलाका छोराको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

हैदरावादमा फिल्म पुष्प २ रिलिजको क्रममा मच्चिएको भागदौडमा ३५ वर्षीय महिला रेवतीको मृत्यु भएको चिक्कडपल्ली प्रहरीले बीबीसी तेलुगुलाई भनेको छ । प्रहरीले मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।