Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु

Thursday, December 5, 2024 National Power

नयाँ दिल्ली – तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ आजबाट रिलिज भएको छ । रिलिज हुनुअघि डिसेम्बर ४ मा आन्ध्र प्रदेश र तेलंगानामा फिल्मको लाइभ शो देखाइएको थियो । हैदरावादको चिक्कडपल्लीस्थित सन्ध्या थिएटरमा एउटा बेनिफिट शो आयोजना गरिएको थियो ।

फिल्मका नायक अल्लु अर्जुन पनि यस कार्यक्रममा पुगेका थिए । उनलाई हेर्न फ्यानहरूको भीड लागेको थियो । यसैबिच भागदौड भएर भीड अनियन्त्रित हुँदा एक महिलाको मृत्यु भएको छ । यस घटनामा महिलाका छोराको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

हैदरावादमा फिल्म पुष्प २ रिलिजको क्रममा मच्चिएको भागदौडमा ३५ वर्षीय महिला रेवतीको मृत्यु भएको चिक्कडपल्ली प्रहरीले बीबीसी तेलुगुलाई भनेको छ । प्रहरीले मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।