Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वर र सिटिजन्स क्यापिटल लिमिटेडद्वारा वित्तीय साक्षरता तथा शेयर बजार सचेतना गोष्ठी आयोजना

Tuesday, November 19, 2024 Devil Singh Rajput

काठमाण्डौं । रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वरले सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा हालै एपेक्स कलेज अफ म्यानेजमेन्टमा वित्तीय साक्षरता र सेयर बजार सचेतनासम्बन्धी गोष्ठी आयोजना गरेको छ । विद्यार्थी, युवा व्यवसायी र लगानीकर्ताहरूसहित कुल ५५ जनाको सहभागीता माझ गत शनिबार उक्त गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रम माझ विज्ञद्धय प्रजेश सागर र अनन्त पुरीले प्रशिक्षण दिएका थिए । सो अवसरमा विज्ञद्धयले व्यक्तिगत वित्तीय व्यवस्थापन, लगानीका आधारभूत विषयहरू र सेयर बजारको जटिलतालाई कसरी समाधान गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए। जसमा विज्ञ प्रजेश सागरले बजेट, बचत र बलियो वित्तीय आधार निर्माणमा अन्तरदृष्टि प्रदान गरेका थिए भने अर्का विज्ञ अनन्त पुरीले शेयर बजारको गतिशीलता, लगानी रणनीति र जोखिम व्यवस्थापनमार्फत सहभागीहरूलाई मार्गदर्शन गरेका थिए।

कार्यक्रमको अन्तरक्रियात्मक सत्रमाझ  सहभागीहरुलाईे जिज्ञासा राख्ने र अनुभवहरू साझा गर्ने अवसरसँगै व्यावहारिक अभ्यासहरूमा समेत संलग्न गराईएको थियो ।

नेटवर्किङ सत्रको साथ समापन गरिएको यस कार्यक्रमका सहभागीहरूले वित्तीय विज्ञहरू र साथी सहभागीहरूसँग जोड्ने अवसर पाएका थिए, जसले वित्तीय बजार र लगानीका अवसरहरूको बारेमा उनीहरूको बुझाइलाई अझ गहिरो बनाएको थियो। कार्यक्रमले आजको द्रुत गतिको आर्थिक परिवेशमा वित्तीय साक्षरताको महत्त्वलाई उजागर गर्न सफल रहेको अनुभुति आफूले गरेको विज्ञ प्रजेश सागरले बताए ।

रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वर र सिटिजन्स क्यापिटल लिमिटेडबीचको यस सहकार्यले सामुदायिक विकास र वित्तीय साक्षरता प्रवर्द्धनमा संस्थाहरूको प्रतिबद्धतालाई जोड दिएको आयोजक संस्था रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वरले जनाएको छ । दुबै समूहहरू युवाहरूलाई सूचित वित्तीय निर्णयहरू गर्न, दिगो सम्पत्ति सिर्जना गर्न, र देशको आर्थिक वृद्धिमा योगदान दिन ज्ञान र सीपहरू प्रदान गर्ने प्लेटफर्महरू प्रदान गर्न समर्पित रहेको क्लबले जनाएको छ।