Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

नारायण थापाको ‘कुनै दिन त’ सार्वजनिक

Sunday, November 10, 2024 National Power

काठमाण्डौ – बिगत दुई दशकदेखि नेपाली गीत संगीतमा निरन्तर सक्रिय रहदै आएका गायक नारायण थापाको स्वरमा एकपछि अर्को गीत सार्वजनिक हुने क्रम जारी छ ।

यसै क्रममा उनले आभूषण इन्टरटेन्मेन्ट च्यानलमार्फत ‘कुनै दिन त’ बोलको सांगीतिक भिडियो सार्वजिक गरेका छन् ।

बरिष्ठ गीतकार डा. कृष्णहरी बरालको शब्द, गैरे सुरेशको संगीत, नारायण थापाको स्वर, माहाराज थापाको एरेन्ज, किशोर थापाको मिक्सिङ्ग माष्टरिङ्ग रहेको भिडियोमा कमल सिंह, सुष्मिता, जिवन आचार्य लगायतको अभिनय छ ।

बुद्ध थापाको छायांकन र विकाश दाहालको सम्पादन रहेको गीतको भिडियोका निर्देशक प्रकाश धिताल हुन् ।