Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसन मार्फत् सामाजिक कार्यमा रञ्जिता

Thursday, November 7, 2024 National Power

काठमाडौं – फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा राख्दै अघि बढिरहेको नाम हो रञ्जिता गुरुङ । चितवनकी रञ्जिता यतिबेला ललितपुरमा रहेर आफ्ना क्रियशन पस्किरहनुभएको छ । फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसनमार्फत् उहाँले सामाजिक कार्य पनि गर्दै आउनुभएको छ ।

विगत ६ वर्षदेखि निरन्तर फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आउनुभएकी उहाँ आकर्षक फेसन डिजाइन सिकेर अघि बढेको बताउनुहुन्छ । जुनसुकै क्षेत्रमा आफू सेल्फ डिपेन्ड भएको राम्रो बताउनुहुने उहाँ घुमघाम र चलचित्र हेर्न मन पराउने बताउनुहुन्छ । ‘फेसन भनेको आफूलाई अरूभन्दा राम्रो र फरक देखाउने तरिका हो ।

मानिसहरूको फेसनले उनीहरूको व्यक्तित्व झल्काउँछ, आफूलाई कस्तो सुहाउँछ, कसरी राम्रो लुक्स आउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उहाँ भन्नुहुन्छ । देश विदेशमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएकी उहाँ पछिल्लो समयमा आममानिसमा फेसन र सौन्दर्यचेत बढ्दै गएको बताउनुहुन्छ । रञ्जिताका कार्यले तारिफ बटुलिरहँदा उहाँलाई विभिन्न मान(सम्मानहरू पनि प्राप्त भएका छन् ।