Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चलचित्र विकास बोर्डले छाँयाकारलाई ड्रोन पाइलटको तालिम दिने

Thursday, October 31, 2024 National Power

काठमाडौं-  चलचित्र विकास बोर्डले छाँयाकारहरुलाई ड्रोन पाइलटको तालिम दिने भएको छ । पछिल्लो समय नेपाली चलचित्रको छाँयांकनमा ड्रोनको प्रयोगमा वृद्धि हुन थालेको छ । दृश्यलाई आकर्षक रुप दिन छाँयाकारहरुले ड्रोनलाई अधिकतम रुपमा प्रयोग गर्न थालेका छन् ।

तर ड्रोन उडाउन लागी छाँयाकारहरुले ड्रोन उडाउने चाहिने तरिका तथा विद्यमान नेपालको कानुनी व्यवस्था जान्नु जरुरी पनि छ । यिनै कुरालाई ख्याल राखेर चलचित्र विकास बोर्डले छायाकारलाई १० दिने निःशुल्क ड्रोन पाइलट ट्रेनिङ दिने भएको छ ।

बोर्डले बुधबार सूचना जारी गर्दै कार्यशालामा सहभागी हुन नेपाली छायाकारलाई आग्रह गरेको छ । विदेशमा ड्रोन पाइलट अध्ययन गरेका उड्डयन क्षेत्र र नेपाल प्रहरीका विज्ञले तालिम दिने बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।

दक्षता अभिवृद्धिका लागि २५ जना नेपाली चलचित्र छायाकारलाई तालिम दिन लागिएको बोर्डले जनाएको छ । आवेदन फारम बोर्डको वेबसाइटबाट डाउनलोड गरी दिन सकिने जनाइएको छ ।

चलचित्र निर्देशक तथा चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डि.सी. पहिले देखी नै चलचित्रहरुमा आधुनिक प्रविधिमा काम गर्न रुचाउने निर्देशकहरुमा पर्दछन् ।