Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

चलचित्र विकास बोर्डले छाँयाकारलाई ड्रोन पाइलटको तालिम दिने

Thursday, October 31, 2024 National Power

काठमाडौं-  चलचित्र विकास बोर्डले छाँयाकारहरुलाई ड्रोन पाइलटको तालिम दिने भएको छ । पछिल्लो समय नेपाली चलचित्रको छाँयांकनमा ड्रोनको प्रयोगमा वृद्धि हुन थालेको छ । दृश्यलाई आकर्षक रुप दिन छाँयाकारहरुले ड्रोनलाई अधिकतम रुपमा प्रयोग गर्न थालेका छन् ।

तर ड्रोन उडाउन लागी छाँयाकारहरुले ड्रोन उडाउने चाहिने तरिका तथा विद्यमान नेपालको कानुनी व्यवस्था जान्नु जरुरी पनि छ । यिनै कुरालाई ख्याल राखेर चलचित्र विकास बोर्डले छायाकारलाई १० दिने निःशुल्क ड्रोन पाइलट ट्रेनिङ दिने भएको छ ।

बोर्डले बुधबार सूचना जारी गर्दै कार्यशालामा सहभागी हुन नेपाली छायाकारलाई आग्रह गरेको छ । विदेशमा ड्रोन पाइलट अध्ययन गरेका उड्डयन क्षेत्र र नेपाल प्रहरीका विज्ञले तालिम दिने बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।

दक्षता अभिवृद्धिका लागि २५ जना नेपाली चलचित्र छायाकारलाई तालिम दिन लागिएको बोर्डले जनाएको छ । आवेदन फारम बोर्डको वेबसाइटबाट डाउनलोड गरी दिन सकिने जनाइएको छ ।

चलचित्र निर्देशक तथा चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डि.सी. पहिले देखी नै चलचित्रहरुमा आधुनिक प्रविधिमा काम गर्न रुचाउने निर्देशकहरुमा पर्दछन् ।