Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

युकेवासी नेपालीले रुचाए काँडेतार

Wednesday, October 2, 2024 National Power

काठमाडौं-  सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ आईतवार आश्फोर्ड युकेको सिङ्गलटन हलमा उल्लेखनीय दर्शकहरु बीच विशेष प्रर्दशनी भएको छ । देशको माटो र मान्छे जोगाउने उदेश्यको साथ बनेको देशभक्तिपुर्ण चलचित्र ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफु अत्यन्तै हर्शित भएको निर्मात्री सत्यकला राईले बताउनु भएको छ ।

चलचित्र हेर्ने दर्शकहरुलाई थप मनोरन्जन प्रदान गर्न निर्मात्री एवं गायिका सत्यकला राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नुभएको थियो चलचित्र हेर्न विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, लेखक, पत्रकारहरु लगायत मुख्य आयोजक टिमका अधक्ष्य, नेप्लिज लेडिज ग्रुरुपका जया कोयी राई, सकुन लिम्बू नेम्वाङ, देवान राई, ट्रस्टी अफ गोर्खा पिस फाउन्डेसनका गंगाराज राई, महासचिव यायोक्खा वेलाय र नेपाली कलाकार प्रस्तोता समाज वेलायत किरात राई, कल्पना राई कुञ्जु, महासचिव सगरमाथा गोरखा नेप्लिज लेडिज कम्युनिटी आस्फोर्ड र साँस्कृतिक सचिव किरात राई यायोक्खा प्रा.क. आस्फोर्ड केन्टरएक्जेक्युटिव मेम्बर अफ कलाकार प्रस्तोता समाज युकेका प्रकाश राई, समाजसेवि सकुन लिम्बू नेम्बाङ्ग पुर्व खेलाडी, सहसचिव किरात याक्थुंग चुम्लुङ्ग युके, निर्मला राई, बिपिन लिम्बु, माला लिम्बु आदिको उपस्थिति रहेको थियो भने प्रायोजकमा आस्मी ज्वेलर्स, गोरखा भान्साघर, गोरखा भिल्ला, शिला किचन, काठमाण्डौ र गोल्ड होलसेल, केन्ट गोरखा कम्पनी, मेडिस्टोन तन्दुरी, सरस्वती ज्वेलर्स आदि रहेको थियो ।

नेपालको प्राय सबै शहरमा विशेष प्रदर्शन सम्पन्न भइसकेको र अत्यधिक रुचाइएको चलचित्र काँडेतारमा नवल खडका, गौरब पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ आदि कलाकार रहेका छन् । नवल खडकाको निर्देशन रहेको ‘काँडेतार’मा कार्यकारी निर्माता सत्यकला राई, लेखन शिवम् अधिकारी र नवल खड्का, छायांकन सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराजको रहेको छ ।