Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

इन्टरनेशनल एचिभर्स अवार्ड–२०२४ भव्यरुपमा सम्पन्न

Wednesday, September 18, 2024 National Power

काठमाडौं– नेपाल कल्चर एण्ड फिल्म सेन्टर तथा एबिएम इन्डियाले काठमाडौंमा आयोजित एक समारोहमा विभिन्न व्यक्तित्वलाई इन्टरनेशनल एचिभर्स अवार्ड–२०२४ द्वारा सम्मान गरिएको छ । ब्रिटिश कलेज, थापाथलीमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने ५० विशिष्ट व्यक्तिहरूलाई सम्मानित गरिएको छ । यो पुरस्कार समारोहले नेपालमा र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पेशागत, सामाजिक, र सांस्कृतिक क्षेत्रमा योगदान दिने व्यक्तिहरूको पहिचान र सम्मान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजक संस्थाको भनाइ छ ।

यसले नेपालको विभिन्न क्षेत्रका अभियन्ता, उद्यमी, कलाकार, सामाजिक कार्यकर्ता, तथा अन्य पेशागत क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहित गर्दै समाजमा सकारात्मक योगदान दिन प्रेरित गर्नेछ । कार्यक्रममा नारायण थापाद्वारा मनमोहक संगीतमय प्रस्तुतिहरू दिइएको थियो भने मिस यूनिभर्स नेपाल २०२४ को टप १५ फाइनलिस्ट, मिस पूजा द्वारा नृत्य प्रदर्शन पनि गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा एबिएम इन्डियाका सीईओ अमोल भगतले समापन मन्तव्य व्यक्त गर्दै यो कार्यक्रमले नेपालमा उत्कृष्ट व्यक्तित्वहरूको पहिचान गरी, तिनीहरूको कामलाई समाजमा थप योगदान पुर्याउन प्रोत्साहित गर्न महत्वपूर्ण योगदान पुर्याएको धारणा व्यक्त गरे ।


यी हुन् अवार्ड विजेता
माधव राज खरेल– वर्षको उत्कृष्ट निर्देशक
कमल मुहम्मद– वर्षको उत्कृष्ट सामाजिक अभियन्ता
दीपक भट्ट– वर्षको उत्कृष्ट युवा व्यवसायी
मिलन गुरुङ– वर्षको उत्कृष्ट सीईओ
गंगा ताम्राकार गुरुङ– नर्सिङ क्षेत्रमा उत्कृष्ट सेवा
दीपिका देवकोटा– वर्षको उत्कृष्ट टारोट कार्ड रिडर
यसोदा उप्रेती– वर्षको उत्कृष्ट खाद्य कम्पनी
निशु कान्त झा– वर्षको उत्कृष्ट ब्यूटी रेगन्ट
उमेश कुमार दनुवार– सामाजिक क्रियाकलापमा उत्कृष्ट योगदान
गौरव सिटौला– वर्षको उत्कृष्ट जीवन प्रशिक्षक
समीर खान– वर्षको उत्कृष्ट गीतकार
शेखर रावल– सामाजिक क्रियाकलापमा उत्कृष्ट योगदानकर्ता
बारुण कुमार झा– वर्षको उत्कृष्ट युवा नेता
जय बहादुर बितालु– माइक्रो फाइनान्स क्षेत्रमा उत्कृष्ट नेतृत्व
विजय जयरु– वर्षको उत्कृष्ट युवा पुरुष नेता
चन्द्र आयर– वर्षको उत्कृष्ट सामाजिक कार्यकर्ता
ममता शर्मा– वर्षको उत्कृष्ट महिला युवा नेता
अश्विनी झा– वर्षको उत्कृष्ट कोरियोग्राफर
आलेन घिमिरे– वर्षको उत्कृष्ट व्यवसायी
प्रिज्योल भण्डारी– वर्षको उत्कृष्ट अभिनेता (वेब/टीभी शृंखला)
क्षेम कुमारी भुर्तेल– वर्षको उत्कृष्ट महिला युवा नेता
शद्दात रुस्सेल– वर्षको उत्कृष्ट मानव अधिकार अभियन्ता
कमानी चौधरी– वर्षको उत्कृष्ट महिला नेता
सुभाष प्रधान श्रेष्ठ– वर्षको उत्कृष्ट कार्यक्रम व्यवस्थापक
जय करण महतो– कृषि क्षेत्रमा उत्कृष्ट उद्यमी
डाक्टर नारिराम लुहार बिनोद– शिक्षा क्षेत्रमा उत्कृष्ट योगदानकर्ता
शेखर लामा– वर्षको उत्कृष्ट निर्माता
दिनेश खड्का– फिल्म क्षेत्रमा उत्कृष्ट योगदान
शिक्षा सुनार– स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान
राम सिंह तामाङ– वर्षको उत्कृष्ट मोडल
धीरज तण्डुकार– वर्षको उत्कृष्ट कार्यक्रम निर्देशक
सुझल बाम– वर्षको उत्कृष्ट प्रतिभावान मोडल
कृतन गुरुङ– वर्षको उत्कृष्ट सामाजिक अभियन्ता
सत्यम दास– वर्षको उत्कृष्ट युवा उद्यमी
उज्वल कुमार श्रेष्ठ– वर्षको उत्कृष्ट फोटोग्राफी
राजन खरेल : वर्षको उतकृष्ट सिनेमाटोग्राफर
बिरेन्द्र झा– वर्षको उत्कृष्ट भोजपुरी गायक
सेसेमी लिम्बु कुरुम्बाङ– वर्षको उत्कृष्ट उद्घोषक
राहुल ठाकुर– वर्षको उत्कृष्ट सामाजिक अभियन्ता र प्रेरक वक्ता
सुनिता कुँवर– वर्षको उत्कृष्ट ट्याटु कलाकार
त्सेरिङ भुटिया– वर्षको उत्कृष्ट ध्वनि डिजाइनर
लीला भट्टराई– फिल्म उद्योगमा उत्कृष्ट योगदान
उदेन थकुरी– वर्षको उत्कृष्ट मोडल