Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री पाठकबाट गण्डकी आयुर्वेद औषधालय कास्कीको निरिक्षण

Sunday, September 15, 2024 Devil Singh Rajput

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकी आयुर्वेद औषधालय, कास्कीको निरिक्षण गरेका छन । निरिक्षणका क्र​म​मा मन्त्री पाठकले विगतको तुलनामा पछिल्लो समय आयुर्वेदतर्फ सर्वसाधारणको रूची बढ्दै गएको बताए ।

नागरिकहरूमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो तर पछिल्लो केहि वर्षयता आयुर्वेदप्रति नागरिकको भरोषा बढ्दैगएको मन्त्री पाठकले उल्लेख​ ग​रे ।

सो अव​स​र​मा गण्डकी आयुर्वेद औषधालयका प्रमुख डा। शंकर गौतमले मन्त्री पाठकलाई हाल​ सेवा लिनेको स​न्ख्या दिनानुदिन बढ्दै गएको बताए । गौतमका अनुसार जडीबुटीबाट बनेको औषधि प्रयोग गर्नेहरुको संख्या बढ्न थालेको जानकारी गराए । कतिपय व्यक्तिहरु भने अन्य उपचार गराएर रोक निको नभएपछि आयुर्वेदतर्फ आउने गरेको पनि डा. गौतमले सुनाए ।

त्यसैगरी, भौतिक संरचनाको पनि अभाव रहेको, स्रोत र जनशक्ति अभावले गर्दा अझै बढी नागरिकलाई सेवा दिन नसकिरहेको डा. गौतमले बताए ।

औषधालयको निरिक्षण गरेपछि मन्त्री पाठकले आफूले समस्या सम्बन्धी जानकारी पाएको र नीतिगत रुपमा गर्ने सक्ने समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।