Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

धनगढीमा सम्पन्न भयो नेसनल प्याब्सन केन्द्रिय समितिको बैठक

Friday, September 13, 2024 Devil Singh Rajput

कैलाली l राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रिय समितिको बैठक अध्यक्ष श्री पाण्डव हमाल ठकुरीको अध्यक्षतामा भाद्र २५ र २६ गते कैलालीको धनगढीमा सम्पन्न भएको छ​  । बैठकमा नेसनल प्याब्सनका संस्थापक अध्यक्ष गीता राणा क्षेत्री, निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, पूर्व बरिष्ठ उपाध्यक्ष  दुर्गा प्रसाद जोशी,  ज्ञानेन्द्र​ मोहन भट्टराई,  सूर्य बहादुर अधिकारी तथा प्रदेश समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो । बैठकमा प्रस्तुत आर्थिक प्रस्ताव उपर छलफल गर्दै कोषाध्यक्षले पेश गर्नु भएको आर्थिक प्रतिबेदन पारित गर्ने निर्णय लीइएको छ​ । बैठ​कले सबै जिल्ला समितिहरुलाई आर्थिक वर्षको लेखा परीक्षण सकिएको एक महिना भित्र केन्द्रीय समितिमा उपलब्ध गराउन सर्कुलर गर्ने निर्णय स​मेत​ भ​एको छ​ ।

विभिन्न जिल्ला समितिहरुले केन्द्रीय समितिलाई बुझाउन बाँकी रहेको दायित्वहरु २०८१ पौष महिना भित्रमा बुझाउन सर्कुलर गर्ने निर्णय स​मेत​ ग​रिएको छ​। एसोसिएसनको विधान संसोधनको प्रस्ताव उपर छलफलहुँदा राय सुझाव संकलन गरि आवश्यकतानुसार संसोधन गर्न आगामी कार्तिक ०८१ मसान्त भित्रमा सुझाव पेश गर्ने गरी केन्द्रीय समितिमा राय पेश गर्न पूर्व बरिष्ठ उपाध्यक्ष सूर्य बहादुर अधिकारीले संयोजक र सबै प्रदेश अध्यक्षज्यूहरु सदस्य रहने गरि एक समितिको निर्माण गर्ने निर्णय ग¥यो । सरकारले संघिय संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयक सम्पूर्ण सदस्यहरुले अध्ययन, परामर्श, छलफल गरि निजी लगानीका विद्यालयहरुको हितमा हुने गरी सुझाव पेश गर्न र त्यस प्रकारको सुझावहरु संकलन गरि सम्बन्धित निकायमा परामर्श, लवीङ निरन्तर गर्ने कार्यका लागि पाण्डव हमाल, पारसमणि दाहाल, डम्बर अधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय ग¥यो ।

संगठनमा देखिएका आन्तरिक समस्या समाधानका उपायहरुका बारेमा बैठकमा ब्यापक छलफल भयो । हाल संगठनमा देखिएको समस्या समाधान गर्दै आठौं राष्ट्रिय महाधिवेसन आगामी फागुन ०८१ भित्र सम्पन्न गर्न संस्थापक अध्यक्ष गीता राणा क्षेत्रीको संयोजकत्वमा पूर्व अध्यक्ष कर्ण बहादुर शाही सहसंयोजक, निवर्तमान अध्यक्ष श्ऋतुराज सापकोटा सहसंयोजक, पारसमणि दाहाल सदस्य सचिव, प्रताप बहादुर थापा कोषाध्यक्ष, पूर्व अध्यक्ष सदस्य, वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यज्यूहरु सदस्य, पूर्व वरिष्ठ उपाध्यक्षज्यूहरु सदस्य, सबै प्रदेश अध्यक्षहरु सदस्य रहने गरी महाधिवेशन आयोजक समिति निर्माण गर्ने निर्णय ग¥यो । संगठनमा वर्तमान अवस्थामा देखिएको समस्या समाधानका लागि पहल गर्न वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद जोशी, सुबोध कुमार डाँगी, कमल बहादुर सिंह, राजु गुरुङ र राजु पाण्डेलाई जिम्मेवारी दिने निर्णय ग¥यो ।

बैठकले नेसनल प्याब्सन केन्द्रीय समितिको सातौं बैठकको आतिथ्यता दिनुहुने कैलाली जिल्ला समितिका पदाधिकारी, सदस्यज्यूहरु लगायत सम्पूर्ण सदस्य विद्यालयहरुलाई धन्यवाद दिंदै पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद जोशीलाई विशेष धन्यवाद ज्ञापन गर्ने निर्णय लिएको छ​ ।