Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुने गरी काम गर्ने छु: पण्डित

Monday, September 2, 2024 National Power

काठमाडौँ – इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुुनुवाइ समितिबाट आफू अनुमोदित भएमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुने गरी नेपाल र इजरायलबिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्नशील रहने प्रतिबद्धता जनाएका छन् ।

समितिको सोमबार बसेको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै उनले इजरायलीलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने, नेपालीहरुलाई इजरायलको कृषि क्षेत्रको भ्रमणका लागि असवरहरुको विकास गर्ने, नेपाल इजरायलबीच सिधा हवाइ सेवा सञ्चालनका लागि पहल गर्नेलगायतको विषय उनको कार्ययोजनामा समेटिएको छ ।