Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

बबिता श्रेष्ठ ‘मलेकु’ को निर्देशनमा ‘उत्ताउलो जवानी’ सार्वजनिक

Sunday, September 1, 2024 National Power

काठमाडौं – म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाएकी बबिता श्रेष्ठ ‘मलेकु’ को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘उत्ताउलो जवानी’ को शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । बरिष्ठ संगीतकार सुरेश अधिकारीको प्रमूख आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो ।

गायिका अन्नु चौधरी र संगीतकार स्वयं सिडि विजय अधिकारीको स्वर रहेको गीतको भिडियोमा सागर लम्साल ‘बले’, अलिसा शर्मा र ग्रीष्मा पौडेल लगायतले अभिनय गरेका छन् । कथानक चलचित्रहरुमा प्रस्तुत गरिने आइटम नृत्यको शैलीमा तयार भएको गीतले दर्शकहरुको मन सजिलै जित्न सकिने विश्वास निर्देशक बबिता श्रेष्ठले लिएकी छन् । नृत्य निर्देशन रोशन विश्वकर्मा, शब्द सुजन कोइराला, संगीत सिडि बिजय अधिकारीको रहेको गीतको भिडियो उत्तम हुमगाईंले खिचेका हुन् ।