Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

गायक शर्माको स्वरमा अमेरिकामा रेकर्ड गरियो टेक मि व्याक अंग्रजी गीत

Sunday, September 1, 2024 National Power

बाल्टिमोर -नेपाली सुगम गीतका गायक रुद्र शेखर शर्माले अमेरिकामा अङ्ग्रेजी गीतको पनि रेकर्ड गराएका छन् ।

अमेरिकन सर्जक जो आर को शब्द तथा सङ्गीतमा गायक शर्माले “टेक मि ब्याक” बोलको गीतको रेकर्ड गराएका हुन् । मंगलवार मेरिल्याण्डको बाल्टिमोर स्थित आर.एल रेकर्डिङ स्टुडियोमा गीतको रेकर्डिङ भएको हो ।

प्रेम भावको गीतले आफ्नो पुरानो प्रेम कथालाई स्मरण गरेको रुद्रले बताए । नेपाली गीतको तुलनामा स्वभावैले अङ्ग्रेजी गीत गाउनलाई गाह्रो जस्तो लागेपनी आफुले सकेसम्म राम्रो गर्ने प्रयास गरेको उनको दाबी छ । गायक शर्माले केही एल्बम र चलचित्रमा गीत गाउनुका साथै थुप्रै फुटकर गीतहरु बजारमा ल्याएका छन् ।

स्टुडियोमा गीतको रेकर्ड गरिरहेका रेकर्डिस्ट राजु लामाले रुद्र शर्मा सङ्गीत आकाशका एक सुन्दर नक्षत्र भएको बताए । अङ्ग्रेजी गीतलाई पनि उनले उत्तिकै न्याय गरेर गाएको उनको भनाइ छ ।