Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कलाकारद्धय सानु र सारुक ताम्राकारको बार्षिक पुण्यतिथिमा कलाकार संघको सम्झना

Wednesday, August 28, 2024 National Power

काठमाण्डौ – कलाकारद्धय सानु ताम्राकार र सारुक ताम्राकारको बार्षिक पुण्यतिथिमा ताम्रकार परिवारसंगको सहकार्यमा नेपाल चलचित्र कलाकार संघले राजधानीमा एक कार्यक्रमको आयोजना गरि सम्झिएका छन् । सारुक ताम्राकारको अल्पायुमै निधन भएपछि त्यसको पीडाले थलिएका सानु अस्पतालमा उपचारकै क्रममा गत भाद्र ९ गते निधन भएको थियो । बार्षिक पुण्यतिथिमा बोल्दै संघका अध्यक्ष मोहन निरौलाले सानु ताम्राकारको निधनले कलाकारिता क्षेत्रले मात्र नभएर संघले नै एक अविभावक गुमाएको सुनाए ।

यता चलचित्र क्षेत्रका भिष्मपितामह नीर शाहले सानु ताम्राकारको अभाव सदैव चलचित्र क्षेत्रमा रहने भन्दै नेपाली चलचित्र र कलालाई विश्वबजारमा पुर्याउँन महत्वपुर्ण भुमिका खेल्नु भएको बताउनु भयो । कलाकार रमेश बुढाथोकीले ताम्राकार परिवारसंग पारिवारिक सम्बन्ध रहेको भन्दै एक असल मित्र र कलाकार गुमाउदाको पीडा सुनाउन नसकिने बताए । उनले अगाडी भने सारुक एक अब्बल कलाकार थिए । जलाई अन्तराष्ट्रिय स्तारमा समेत प्रसिद्धी चुलिदै थियो । तर विडम्वना‘ अब सारुक हामीसंग रहेनन् ।

कलाकारसंघका निवर्तमान अध्यक्ष तथा कलाकार रविन्द्र खड्का र दीपाश्री निरौलाले नेपाली चलचित्र क्षेत्रका एक नक्षत्र गुमाएको पीडालाई सदासदैव अमर रहने कर्म गर्न संघ तथा परिवारजनमा आग्रह गरे । पुण्यतिथिका अवसरमा सानु र सारुकको बिषयमा तयार पारिएको वृतचित्र समेत देखाइएको थियो । जुन भिडियो ओएस आर डिजिटल युटुव च्यानलमा मार्फत हेर्न सक्नु हुनेछ । वृतचित्रको निर्माण रुकमणी ताम्राकार र राजिव गुरुङले गरेका हुन् भने कन्सेप्टर सम्पादन निशा मानन्धर, को अर्डिनेटरर प्रोडक्सन हेड कुसुम श्रेष्ठ, को अर्डिनेटर शान्ति तामाङ, मेकअप सोनाली सिल्पकार रहेका छन् ।