Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कन्हैया सिंह परियारको ‘वा रे वा‘’ सार्वजनिक (भिडियो सहित)

Thursday, August 15, 2024 National Power

काठमाडौं– यतिबेला नेपाली सांगीतिक क्षेत्रमा तीजमय भएको छ । अधिकांश लोक शैलिका गायक तथा गायिकाहरु अहिले तीज गीत–संगीतमार्फत दर्शक तथा स्रोतामाझ आइरहेका छन् । अधिकांश तीज गीतहरुमा गायिकालाई गायकहरुले पनि साथ दिएका छन् ।

यसरी सार्वजनिक भैरहेका अधिकांश तीज गीतहरु नृत्यपरक छन्, छमछमि नाच्ने शैलीका छन् ।यसैबीच, लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंह परियारले पनि आफ्नो नृत्यपरक गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतवार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको ‘वा रे वा‘’ बोलको गायक सिंहको गीतको भिडियो आकर्षक बनेको छ । तर गायक तथा संगीतकार कन्हैया सिंह परियारको उक्त गीत भने तीजको गीत नभई लोकपप शैलिमा निर्माण गरिएको हो ।

गीतकार डिआर राईको शब्द तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत निर्देशनको यो गीतमा आमोस तामाङको संगीत संयोजन रहेको छ । कीर्तिपुरका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सञ्जीव तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

भिडियोमा अपेक्षा सिंह तथा सञ्जिव तामाङले फिचर्ड छन् । उनीहरुले गीतको भाव अनुसार आकर्षक अभिनयका साथै सुन्दर नृत्य प्रस्तुत गरेका छन् । देव दोर्जे लामाद्वारा छायांकन गरिएको यो भिडियोलाई जोन राईले सम्पादन गरेका छन्  ।