Saturday 19th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

गीताको ‘बजाउँदै चुरा’ मा प्रदीपको निर्देशन

Thursday, August 8, 2024 National Power

काठमाडौं – नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवम् कलर छ ।

गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काउनुभएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत श्रोता/दर्शकमाझ आएका छन् ।

नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको गीता बताउनुहुन्छ । ‘बजाउँदै चुरा’लाई केही परिमार्जित गरेर भिडियो सार्वजनिक गरिएको गीताले बताउनुभयो । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उहाँ बताउनुहुन्छ । सञ्चारकर्मी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ पनि पाठकमाझ आएको थियो ।

गीत राम्रो लागेकोले आफूले भिडियो निर्माण एवम् निर्देशन गरको निर्देशक प्रदीपले बताउनुभयो । तीज गीतमा छाडा प्रवृति मौलाउँदै गएकोमा एक मौलिक तीज गीत श्रोता/दर्शकमाझ पस्किएको निर्देशक प्रदीपले बताउनुभयो । गीतको भिडियो पिआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो