Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘रेडियो आहा’ को तेस्रो वार्षिकोत्सव आयोजना हुने

Monday, August 5, 2024 National Power

काठमाण्डौ – यही श्रावण ३२ गते रेडियो आहा प्रा. लि. १०४.५ मेगाहर्जको तेस्रो वार्षिकोत्सव कार्यक्रम आयोजना हुने भएको छ रेडियो आहाका अध्यक्ष र प्रवन्ध निर्देशक एवं प्रसिद्ध रेडियोकर्मी हेम सुवेदीले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी सो कुरा जानकारी गराएका हुन् सुवेदीका अनुसार वार्षिकोत्सव डिल्लीबजार, कालिकास्थान स्थित अमृतभोगमा आयोजना हुने निश्चित भएको छ ।

विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना हुने सो समारोहमा नेपाली साङ्गीतिक क्षेत्रका एकजना मुर्धन्य सर्जक र अर्का एकजना समाजसेवी समेत सम्मानित हुने कुरा थाहा भएको छ २ दशकसम्म रेडियो कान्तिपुरमा कार्यक्रम सञ्चालन तथा उत्पादन गरी कार्यक्रम प्रमुखको रुपमा समेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै सर्वाधिक लोकप्रिय कार्यक्रम प्रस्तोताको रुपमा ख्याति आर्जन गरेका हेम सुवेदी बुम मिडिया प्रा. लि. का समेत संस्थापकरनिर्देशक हुन्  । बुम मिडिया अन्तर्गत स्थापित आहा रेडियो स्थापनाको छोटो समयमै लाखौँ श्रोताको मनमा बस्न सफल भएको छ ।

हरेक दिन बिहान ५ बजेदेखि राती ११ बजेसम्म प्रसारण हुँदै आएको यस रेडियोले स्तरीय सूचना, समाचार, गीत (सङ्गीत, शिक्षा, स्वास्थ्यका साथै साहित्यिक, आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक, जनसरोकार लगायत फरक फरक विधाका अन्तर्वार्ता एवं मनोरन्जनात्मक कार्यक्रमहरु प्रसारण गर्दै आएको छ ।

सुवेदीले काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका ३० भन्दा बढी जिल्लाका गरी कूल १० हजार भन्दा बढी प्रशिक्षार्थीहरुलाई उद्घोषणको तालिम दिएका छन् । टेलिभिजन कार्यक्रम निर्मातारप्रस्तोता, विज्ञापन निर्माता, श्रेष्ठ स्टेज उद्घोषक सुवेदीले सरकारी एवं गैर सरकारीस्तरका २०० भन्दा बढी अन्तर्राष्ट्रिय(राष्ट्रियस्तरका पुरस्कार, सम्मान र अवार्डहरु समेत प्राप्त गरेका छन्  । नेपाली साङ्गीतिक क्षेत्रका अधिकांश सर्जकरकलाकारहरुको वायोग्राफी खरर बोल्न सक्ने असाधारण स्मरणशक्ति भएका एक मात्र सञ्चारकर्मी हेम सुवेदीले त्रिभुवन विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।